पोखरा १९ को वडाध्यक्षमा ४ पार्टीबाट ४ जनाको उम्मेदवारी


     एभरेस्ट आवाज    
     वैशाख १४ गते २०७९ मा प्रकाशित




कास्की । पोखरा महानगरपालिका वडा नम्बर–१९ को वडाध्यक्षमा ४ पार्टीबाट उम्मेदवारी परेको छ । वडाध्यक्षको उम्मेदवारहरुमा एमालेका ईमानराज पौडेल, कांग्रेसका पुष्पेन्द्र पाण्डे, माओवादी केन्द्रका टेकनाथ गौतम र राप्रपाका विमल केसीले उम्मेदवारी दिएका छन् ।

दुई खुल्ला सदस्यमा एमालेका विकाशकुमार आचार्य र नवराज केसी, कांग्रेसका दीपकराज बास्तोला र कमलबहादुर थापा, माओवादी केन्द्रका दर्शन पौडेल र सविन जिसी, नेकपा एसका सुरेन्द्रबहादुर भण्डारी तथा राप्रपाका वसन्त मगर र गंगाकुमारी अधिकारीले उम्मेदवारी दिएका छन् ।

एक महिला सदस्यका लागि एमालेकी दुर्गादेवी बस्नेत, कांग्रेसकी देबुकुमारी भट्टराई (आचार्य), माओवादी केन्द्रकी अम्विका ढुंगाना र राप्रपाकी माता भण्डारीले उम्मेदवारी दिएका छन् ।

एक दलित महिला सदस्यका लागि एमालेकी कल्पना सुनार, कांग्रेसकी माया परियार, माओवादी केन्द्रकी गंगा सार्की र नेकपा एसकी बिजुला परियारले उम्मेदवारी दिएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।