कास्की । पोखरा महानगरपालिका वडा नम्बर–२० को वडाध्यक्षका लागि ५ पार्टी र एक स्वतन्त्र गरी ६ जनाले उम्मेदवारी दिएका छन् ।
वडाध्यक्षका लागि एमालेका गंगाबहादुर खत्री, कांग्रेसका महेन्द्र अधिकारी, माओवादी केन्द्रका लक्ष्मण खत्री, नेकपा एसका सुशील बस्नेत, राप्रपाका उदयबहादुर कार्की र स्वतन्त्र उम्मेदवारका रुपमा तोरणबहादुर गुरुङले उम्मेदवारी दिएका छन् ।
दुई खुल्ला सदस्यका लागि एमालेका उत्तम गुरुङ र गञ्जमान गुरुङ, कांग्रेसका नवराज भुजेल र रामबहादुर गौतम खत्री, माओवादी केन्द्रका हिराजङ्ग गुरुङ र विश्वनाथ पौडेल, जसपाका ईश्वरबहादुर गुरुङ तथा राप्रपाका रामजी खत्री र शोभा कार्कीले उम्मेदवारी दिएका छन् ।
एक महिला सदस्यका लागि एमालेकी मीना पौडेल, कांग्रेसकी माया तिम्सिना र माओवादी केन्द्रकी नारायणी बस्नेतले उम्मेदवारी दिएका छन् ।
एक दलित महिला सदस्यका लागि एमालेकी रुपा सार्की, कांग्रेसकी अस्मिता दमै, माओवादी केन्द्रकी शान्ती सुनार, नेकपा एसकी गंगा परियार र राप्रपाकी शान्तीदेवी दमाईले उम्मेदवारी दिएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







