कास्की । पोखरा महानगरपालिका वडा नम्बर–२४ को वडाध्यक्षमा ४ पार्टी र एक स्वतन्त्र गरी ५ जनाले उम्मेदवारी दिएका छन् ।
वडाध्यक्षमा एमालेका रामचन्द्र थापा, कांग्रेसका भरतबहादुर अधिकारी, माओवादी केन्द्रका बलराम सुबेदी, राप्रपाका नवीन बस्ताकोटी र स्वतन्त्रतर्फ हेमराज सुबेदीले उम्मेदवारी दिएका छन् ।
दुई खुल्ला सदस्यमा एमालेका कृष्णप्रसाद सुबेदी र रेशम सुबेदी, कांग्रेसका सागर सुबेदी र महादेव गिरी, माओवादी केन्द्रका शालिकराम सुबेदी र दीपकराज बास्कोटी, जसपाका जंगबहादुर देवकोटा, नेकपा एसका जीवनकुमार भट्टराई र विश्वराज शर्मा (अधिकारी), राप्रपाका महेन्द्र परियार र खिमबहादुर कार्की तथा जनमोर्चाका होमबहादुर विश्वकर्माले उम्मेदवारी दिएका छन् ।
एक महिला सदस्यका लागि एमालेकी सरस्वती त्रिपाठी, कांग्रेसकी भीममाया सुबेदी, माओवादी केन्द्रकी सोनु सुबेदी र राप्रपाकी सुनिता देवकोटाले उम्मेदवारी दिएका छन् ।
एक दलित महिला सदस्यका लागि एमालेकी मैया नेपाली, कांग्रेकी ईन्द्रकुमारी कामी, माओवादी केन्द्रकी डिलसुवा विश्वकर्मा र राप्रपाकी सविना नेपालीले उम्मेदवारी दिएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







