पोखरा २६ को वडाध्यक्षमा ६ पार्टी र ६ स्वतन्त्र गरी १२ जनाकोे उम्मेदवारी


     एभरेस्ट आवाज    
     वैशाख १४ गते २०७९ मा प्रकाशित




कास्की । पोखरा महानगरपालिका वडा नम्बर–२६ को वडाध्यक्षमा ६ पार्टी र ६ स्वतन्त्र गरी १२ जनाले उम्मेदवारी दिएका छन् ।

वडाध्यक्षमा एमालेका सूर्यनाथ भण्डारी, कांग्रेसका नरेन्द्र थापा, माओवादी केन्द्रका अनिल परियार, विवेकशील साझा पार्टीका चन्द्रज्योति ढुंगाना, राप्रपाका टीकाराम अधिकारी, उन्नत लोकतन्त्र पार्टीका पवन ढुंगाना तथा स्वतन्त्रतर्फ रामकृष्ण जोशी, नारायणप्रसाद लामिछाने, नवीन ढुंगाना, कर्णबहादुर विश्वकर्मा र बिरेन्द्र रानाभाटले उम्मेदवारी दिएका छन् ।

दुई खुल्ला सदस्यका लागि एमालेका ध्रुव थापा र वसन्त बञ्जरा, कांग्रेसका सुदीपराज ढुंगाना र तीर्थबहादुर राजभाट, माओवादी केन्द्रका बलबहादुर गुरुङ र भैरे कामी, नेकपा एसका नारायण परियार र पोष्टराज बराल, राप्रपाका कुमार गौतम र निराज पुनले उम्मेदवारी दिएका छन् ।

एक महिला सदस्यका लागि एमालेकी प्रमिला बराल, कांग्रेसकी लक्ष्मीदेवी भट्टराई, माओवादी केन्द्रकी टंका मगर, नेकपा एसकी सुकमाया गुरुङ र राप्रपाकी शारदा रानाभाटले उम्मेदवारी दिएका छन् ।

एक दलित महिला सदस्यका लागि एमालेकी शर्मिाला विश्वकर्मा (सुनार), कांग्रेसकी सुजता बराल र माओवादी केन्द्रकी संगीता परियारले उम्मेदवारी दिएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।