कास्की । पोखरा महानगरपालिका वडा नम्बर–२७ को वडाध्यक्षमा ५ पार्टी र एक स्वतन्त्र गरी ६ जनाले उम्मेदवारी दिएका छन् ।
वडाध्यक्षका लागि एमालेका सूर्यमणी लामिछाने, कांग्रेसका पूर्णकुमार गुरुङ, माओवादी केन्द्रका गोपालमणी लामिछाने, जसपाका विशाल तिमिल्सिना, राप्रपाका आत्माराम सुवेदी र स्वतन्त्रतर्फ खुमबहादुर परियारले उम्मेदवारी दिएका छन् ।
दुई खुल्ला सदस्यका लागि एमालेका तारानाथ दवाडी र प्रकाश देवकोटा, कांग्रेसका जितेन्द्रबहादुर क्षेत्री र सूर्यबहादुर वाग्ले, माओवादी केन्द्रका गोविन्द वाग्ले र रामचन्द्र पौडेल, नेकपा एसका सुधिरमणी लामिछाने र सन्तोष अधिकारी तथा राप्रपाका हरी रेग्मी र विष्णु रानाभाटले उम्मेदवारी दिएका छन् ।
एक महिला सदस्यका लागि एमालेकी बुद्धिकुमारी मगर, कांग्रेसकी गंगाकुमारी खनाल, माओवादी केन्द्रकी देवीमाया अधिकारी, नेकपा एसकी मीम रानाभाट र राप्रपाकी पातली कुमालले उम्मेदवारी दिएका छन् ।
एक दलित महिला सदस्यका लागि एमालेकी उमा दमाई, कांग्रेसकी लक्ष्मी विक, माओवादी केन्द्रकी शान्ता विक, नेकपा एसकी संगीता विक र राप्रपाकी सुकमाया सार्कीले उम्मेदवारी दिएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







