पोखरा २९ को वडाध्यक्षका लागि ४ जनाको उम्मेदवारी


     एभरेस्ट आवाज    
     वैशाख १४ गते २०७९ मा प्रकाशित




कास्की । पोखरा महानगरपालिका वडा नम्बर २९ को वडाध्यक्षका लागि ४ पार्टीका उम्मेदवारले उम्मेदवारी दिएका छन् । वडाध्यक्षका लागि एमालेका श्रीप्रसाद गुरुङ, कांग्रेसका सुदेव गुरुङ, माओवादी केन्द्रका रामजी पौडेल र राप्रपाका ओमबहादुर थापा मगरले उम्मेदवारी दिएका छन् ।

दुई खुल्ला सदस्यका लागि एमालेका क्षेत्रबहादुर गुरुङ र कालिदास पोख्रेल, कांग्रेसका सन्तोष हमाल र मानेन्द्र कुमाल, माओवादी केन्द्रका मोहनसिंह गुरुङ र धनबहादुर कामी तथा राप्रपाका शिवमणी भट्टराईले उम्मेदवारी दिएका छन् ।

एक महिला सदस्यका लागि एमालेकी निर्मला पौडेल, कांग्रेसकी शिरमाया गुरुङ, माओवादी केन्द्रकी कल्पना गुरुङ र राप्रपाकी दुर्गादेवी राना छन्त्याल थापाले उम्मेदवारी दिएका छन् ।

एक दलित महिला सदस्यका लागि एमालेकी सुकमाया विश्वकर्मा, कांग्रेसकी बिनु सुनार, माओवादी केन्द्रकी सरस्वती परियार र राप्रपाकी नन्दकुमारी विश्वकर्माले उम्मेदवारी दिएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।