पोखरा ३२ को वडाध्यक्षका लागि २ स्वतन्त्र गरी ६ जनाको उम्मेदवारी


     एभरेस्ट आवाज    
     वैशाख १४ गते २०७९ मा प्रकाशित




कास्की । पोखरा महानगरपालिका वडा नम्बर–३२ को वडाध्यषका लागि ४ पार्टी र २ स्वतन्त्र गरी ६ जनाले उम्मेदवारी दिएका छन् ।

वडाध्यक्षका लागि एमालेका खमबहादुर पुन, कांग्रेसका अक्कलबहादुर कार्की, माओवादी केन्द्रका भुवनीप्रसाद पौडेल, राप्रपाका नारायणप्रसाद सुवेदी तथा दुई स्वतन्त्र उम्मेदवार चन्द्रभुपाल तिवारी र निरुता विकले उम्मेदवारी दिएका छन् ।

दुई खुल्ला सदस्यका लागि एमालेका ध्रुव थापा र भीमबहादुर गिरी, कांग्रेसका तीर्थबहादुर सुयल र रविराज तिवारी, माओवादी केन्द्रका गोकुल विक र अर्जुन मल्ल, जसपाका हस्तबहादुर कुँवर, नेकपा एसका जितबहादुर भुजेल तथा राप्रपाका प्रकाश खत्री र चन्द्रबहादुर विश्वकर्माले उम्मेदवारी दिएका छन् ।

एक महिला सदस्यका लागि एमालेकी सावित्रीदेवी पण्डित, कांग्रेसकी स्वस्तिका खनाल, माओवादी केन्द्रकी गंगादेवी पौडेल र नेकपा एसकी सुमित्रा अधिकारीले उम्मेदवारी दिएका छन् ।

एक दलित महिला सदस्यका लागि एमालेकी सहनशीला नेपाली रम्तेल गायक, कांग्रेसकी शोभा विक, माओवादी केन्द्रकी वसन्ती कामी र नेकपा एसकी निर्मला विकले उम्मेदवारी दिएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।