कास्की । पोखरा महानगरपालिका वडा नम्बर–३३ को वडाध्यक्षका लागि ७ पार्टी र २ स्वतन्त्र गरी ९ जनाले उम्मेदवारी दिएका छन् ।
वडाध्यक्षका लागि एमालेका शिवप्रसाद आचार्य, कांग्रेसका रामचन्द्र अधिकारी, माओवादी केन्द्रका नरबहादुर फकामी मगर, जसपाका हेमबहादुर थापा पराजुली, नेकपा एसका टुकराज भण्डारी, राप्रपाका ओमबहादुर कार्की, मंगोल नेसनल अर्गनाइजेसनका नारायणबहादुर मगर तथा दुई स्वतन्त्र उम्मेदवार विदुरप्रसाद आचार्य र लोकनाथ पौडेलले उम्मेदवारी दिएका छन् ।
दुई खुल्ला सदस्यका लागि एमालेका शंकरबहादुर अधिकारी र विनोद भण्डारी, कांग्रेसका प्रकाश कार्की र कृष्णप्रसाद आचार्य, माओवादी केन्द्रका श्रीभद्र बराल र चीनबहादुर विक, जसपाका मीनबहादुर परियार, नेकपा एसका प्रमोद आचार्य र केशव आले तथा राप्रपाका जीवन मल्ल र हरिबहादुर पोख्रेलले उम्मेदवारी दिएका छन् ।
एक महिला सदस्यका लागि एमालेकी शान्ती पाध्या, कांग्रेसकी दुर्गादेवी केसी (थापा), माओवादी केन्द्रकी अञ्जु अधिकारी (थापा) र नेकपा एसकी सरस्वती आचार्यले उम्मेदवारी दिएका छन् ।
यसैगरी, एक दलित महिला सदस्यका लागि एमालेकी लिलादेवी नेपाली, कांग्रेसकी पवित्रा सुनार, माओवादी केन्द्रकी शान्तीकुमारी कर्मा विक र नेकपा एसकी सृष्टी विकले उम्मेदवारी दिएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







