कास्की अन्नपूर्ण–८ को वडाध्यक्षमा ३ जनाको उम्मेदवारी


     एभरेस्ट आवाज    
     वैशाख १५ गते २०७९ मा प्रकाशित




कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ मा ३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

जसमध्ये नेकपा एमालेकी मिनाकुमारी गुरुङ, नेपाली काँग्रेसका विजय गुरुङ र नेकपा माओवादी (केन्द्र) का शरण बि.क.ले उम्मेदवारी दर्ता गराएका हुन्।

त्यस्तै, खुल्ला सदस्यका लागि ६, महिला सदस्यका लागि ३ र दलित महिला सदस्यका लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

खुल्ला सदस्यका लागि नेकपा एमालेका दिनेश गुरुङ र टंकप्रसाद सुवेदी, नेपाली काँग्रेसका ज्ञानबहादुर क्षत्री र प्रविन गुरुङ, नेकपा माओवादी (केन्द्र) का जगतबहादुर बि.क. र लिलबहादुर कुँवरले उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै, महिला सदस्यका लागि नेकपा एमालेकी पद्मकुमारी कामी, नेपाली काँग्रेसकी धनकुमारी जैसी, नेकपा माओवादी (केन्द्र) की खरिका न्यौपाने (अधिकारी) ले उम्मेदवारी दर्ता गराएकी छन्।

त्यसैगरि, दलित महिला सदस्यका लागि नेकपा एमालेकी खुशीमाया बि.क., नेपाली काँग्रेसकी गौमाया नेपाली र नेकपा माओवादी (केन्द्र)की आसारी सार्कीले उम्मेदवारी दर्ता गराएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।