कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ९ को वडाध्यक्ष पदमा ३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
जसमध्ये नेकपा एमालेका रमेश गुरुङ, नेपाली काँग्रेसका बलबहादुर कुँवर र स्वतन्त्रबाट मदनबहादुर मगरले उम्मेदवारी दर्ता गराएका हुन्।
त्यस्तै, खुल्ला सदस्य पदका लागि ५, महिला सदस्य २ र दलित महिला सदस्यका लागि २ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
खुल्ला सदस्यका लागि नेकपा एमालेका जुविन्द्र मगर र हिमलाल जैसी, नेपाली काँग्रेसका चन्द्रकुमारी गुरुङ र खेमकुमारी मगर तथा नेकपा (एकीकृत, समाजवादी) का कृष्ण गुरुङले उम्मेदवारी दर्ता गराएका छन्।
त्यसैगरि, महिला सदस्य पदका लागि नेकपा एमालेकी पुष्पा पुन र नेपाली काँग्रेसकी उर्मिला शेरचनले उम्मेदवारी दर्ता गराएका हुन्।
त्यस्तै, दलित महिला सदस्य पदका लागि नेकपा एमालेकी लक्ष्मी बि.क. र नेपाली काँग्रेसकी बिना बि.क.ले उम्मेदवारी दर्ता गराएका हुन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







