कास्कीको अन्नपूर्ण गाउँपालिका–११ को वडाध्यक्ष पदमा २ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
जसमध्ये नेकपा एमालेको तर्फबाट हिमबहादुर गुरुङ र नेपाली काँग्रेसको तर्फबाट ललित गुरुङले उम्मेदवारी दर्ता गराएका हुन्।
खुल्ला पदका लागि ४, महिला सदस्यका लागि २ र दलित महिला सदस्यका लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
खुल्ला सदस्यका लागि नेकपा एमालेका राम गुरुङ र जगनबहादुर गुरुङ तथा नेपाली काँग्रेसका गोपालबहादुर आले र मिलन गुरुङले उम्मेदवारी दर्ता गराएका हुन्।
त्यस्तै, महिला सदस्यका लागि नेकपा एमालेकी राधाकुमारी गुरुङ र नेपाली काँग्रेसकी तारादेवी जैसीले उम्मेदवारी दर्ता गराएका हुन्।
त्यसैगरि, दलित महिला सदस्यका लागि नेकपा एमालेकी आसमाया बि.क., नेपाली काँग्रेसकी मनमाया बि.क. र नेकपा (एकीकृत, समाजवादी) की निरमाया बि.क.ले उम्मेदवारी दर्ता गराएका हुन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







