शनिबार बृहत र्‍याली गर्ने नेकपा एमाले पोखरा १५ को पूर्ण बैठकको निर्णय


     एभरेस्ट आवाज    
     वैशाख १५ गते २०७९ मा प्रकाशित




पोखरा। सरकारले घोषणा गरेको वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा यतिबेला पोखराका स्थानीय तहहरुमा चुनावी माहौल बढ्न थालेको छ ।

चुनावको मिती नजिकिएसँगै उम्मेद्वारहरु प्रचारप्रसार, घरदैलो र भेटघाट कार्यक्रममा व्यस्त हुन थालेका छन्। यसैक्रममा चुनावी अभियानलाई अगाडि बढाउन नेकपा एमाले वडा नं -१५ ले पूर्ण बैठकको आयोजना गरेको छ।

बैठकले विशेष गरी टोल कमिटिका संयोजकहरु लगायत सम्पूर्ण भातृसंगठनका संयोजकहरुलाई बोलाएर आगामी शनिबार अर्थात् बैशाख १७ गते बिहान बृहत र्‍यालीको आयोजना गर्ने निर्णय गरेको छ ।

वडा नं -१५ को मूख्य सडकलाई लक्षित गर्दै र्‍यालीमा बिभिन्न भातृसंगठनहरु युवा संघ, अखिल नेपाल महिला संघ, भूमिहीन, राष्ट्रिय भूमिहीन संघ लगायत टोल कमिटिहरुको सहभागिता रहने जनाइएको छ।

र्‍यालीमा झन्डै ४ सय देखि ५ सयसम्मको सहभागीता रहने अनुमान बैठकको छ। उम्मेद्वारहरुको टोली सहित र्‍याली पार्टी कार्यालयबाट ठीक साढे सात बजे शुरु हुनेछ।

यस्तै बैठकले शुक्रबार बिहान ७ बजेबाट घरदैलो कार्यक्रमलाई पनि तिब्रताका अगाडि बढाउने निर्णय गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।