पोखरा, बैशाख १५
नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीले कांग्रेसले गठबन्धनको मर्म नबुझ्दा सहमति हुन नसकेको आरोप लगाएको छ । महानगर कमिटीका अध्यक्ष हरिनारायण गिरीले विहीबार विज्ञप्ती जारी गर्दै कांग्रेसले गठबन्धनको मूल मर्मविपरीत एक्लै लड्ने गरी ३३ वटै वडामा कांग्रेसले उम्मेदवार उठाएकाले शंका उत्पन्न गराएको बताएका हुन् । उनले कांग्रेसका कारण आफूहरुले पनि सबै ठाउँमा मनोनयन गरेपनि मनोनयन फिर्ता गर्ने समयसीमा भित्रै सहमतिमा पुग्न सबै दलहरुलाई आग्रह गरेका छन् । ‘उम्मेदवारको मनोनयन फिर्ता लिने बेलासम्म छिटोभन्दा छिटो निर्णयमा पुग्न गठबन्धनमा रहेका सम्पूर्ण राजनीतिक दलहरुलाई हार्दिक अनुरोध गर्दछु,’ उनले भनेका छन् ।
कास्कीका ५ पालिकामध्ये पोखराबाहेक ४ पालिका प्रमुख कांग्रेस र उपप्रमुख माओवादीले लिने प्रारम्भिक सहमति भएको थियो । तर माओवादीले ५ वटा उपप्रमुख मागेको भन्दै कांग्रेसले सहमति पत्रमा हस्ताक्षर गर्न मानेको थिएन ।
अहिले मादी गाउँपालिका मात्रै कांग्रेस र माओवादीले गठबन्धन गरेका छन् । जसअनुसार अध्यक्षमा कांग्रेसका देवीजंग गुरुङ र उपाध्यक्षमा माओवादीका लालबहादुर गुरुङले उम्मेदवारी दिएका छन् ।
पोखराका प्राय सबै वडाहरु र कास्कीको अन्नपूर्ण, माछापुच्छ«े र रुपा गाउँपालिकाको उपाध्यक्षमा माओवादी र कांग्रेस दुबैले उम्मेदवारी दिएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पाेखरा, १२ साउन । नेपाल रेडक्रस सोसाइटी कास्कीले ६१ औँ रक्तसञ्चार सेवा…





