पाँचदलीय गठबन्धनको घोषणा पत्र : फेवा टु बेगनास मेट्रो चलाउने


     एभरेस्ट आवाज    
     वैशाख १५ गते २०७९ मा प्रकाशित




पाँचदलीय गठबन्धनले ‘फेवा टु बेगनास मेट्रो’ चलाउने महत्वकांक्षी योजना सार्वजनिक गरेको छ । पाँचदलीय गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार धनराज आचार्यले शनिबार सार्वजनिक गरेको घोषणा पत्रमा फेवातालदेखि बेगनास तालसम्म ‘फेवा टु बेगनास मेट्रो’ चलाउने उल्लेख छ । ‘पोखरा महानगर पाँचदलीय गठबन्धन सरकार ,विकास हामी सबैको अधिकार’ भन्ने नारा दिएर बनाइएको घोषणा पत्रमा फेवा टु बेगनासको १० किलोमिटर क्षेत्रमा मेट्रो चलाउन ‘आफ्नो गाउँ, आफ्नो शहर, आफैं बनाऔं’ भन्ने अभियान अगाडि सारेर मेट्रो चलाउने जनाइएको छ ।

नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार बनेका आचार्यले मेट्रो बनाउन पोखरेलीलाई अपिल गरिने बताए । उनले यहाँ रहेका पोखरेलीदेखि विदेशमा पुगेका पोखरेलीहरुलाई ज्ञान, सीप र पैसा लिएर आउन अपिल गरिने उल्लेख गरे । त्यस्तै, पोखरेली चेलीहरुलाईपनि माइती सहर निर्माणका लागि अग्रसरता देखाउन अपिल गरिने उनको भनाई छ । ‘नभए पोखरा विकास प्राधिकरण गठन गरेर सबै पोखराबासीलाई लगानीको लागि प्रोत्साहित गर्नेछौ’–उनले भने ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।