गठबन्धनको घोषणा पत्रमा झण्डै तीन दशकदेखि अघि बढेको पोखरा रिङरोडको योजनालाईसमेत प्राथमिकतामा राखिएको छ । मेयरका उम्मेदवार आचार्यले रिङरोडको सम्भावित अध्ययन गर्ने बताए । रिङरोडको लागि पोखरा उपत्यका नगरविकास समितिले गरेको अध्ययन अनुसार ८४ किलोमिटर रिङरोड बन्ने सम्भाव्य अध्ययनले देखाएको छ । उनले रिङरोडलाई मध्यपहाडी लोकमार्ग र सिद्धार्थ राजमार्गसँग जोड्दै बाईपासको रुपमा प्रयोग गर्न सकिनेगरी बनाइने बताए । बाईपास रोडले पोखरा बजारभित्र सवारी साधनको चाप घटाउन मद्धत पुग्ने उनको भनाई छ ।
गठबन्धनको घोषणापत्रमा फेवाताल सौन्दर्यकरण गर्नुका साथै फेवातालमा मिसिने ढललाई व्यवस्थित गरिने उल्लेख छ । आचार्यले लामो समयदेखि खुल्न नसकेको पोखराको रत्नमन्दिर दरबार, हिमागृहलाई सर्वसाधारणको लागि खुला गरिने बताए । उनले रत्नमन्दिर दरबार, हिमा गृह र शान्ति वन बाटिकालाई पर्यटकीय केन्द्रको रुपमा विकास गरिने बताए ।
आचार्यले पोखराको ६०९ किलोमिटर सडक खण्ड कच्ची र धुलाम्मे हुँदा स्थानियले दुःख पाएको भन्दै अब त्यहाँ सडकको स्तरोन्नती गरेर कालोपत्रे गरिने बताए । उनले आफू मेयर हुन सफल भएमा आफ्नो पाँच वर्षे कार्यकालमा १ हजार ५ सय ३५ किलोमिटर सडक खण्ड कालोपत्रे गर्ने प्रतिबद्धता जनाए । आचार्यले पोखरामा ३१ प्रतिशत बालविवाह हुने गरेको दाबी गर्दै त्यसलाई न्यूनिकरण गर्ने योजना ल्याइने बताए ।
घोषणा पत्र सार्वजनिक कार्यक्रममा बोल्दै उपमेयरका उम्मेदवार कोपिला रानाभाटले गठबन्धन स्थानीय तहको निर्वाचनमा मात्रै नभई प्रदेश र संघीय निर्वाचनसम्म जाने वातावरण निर्माण गर्नका लागि अहिलेको गठबन्धन बिजयी हुनुपर्ने बताए । उनले आफूपनि भ्रष्टाचार नगर्ने र अरुलाईपनि गर्न नदिने दृढता व्यक्त गरिन् । र भनिन्,‘मलाई राजनीतिमा धन कमाउनु छैन,’ त्यसैले मलाई अनियमितता गर्नु छैन र गर्दिनपनि । साथै म अरुलाईपनि अनियमितता गर्ने छुट कसैलाई दिन्न । दिने छैन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा एक अमेरिकी नागरिकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१८ सेदीमा आज…





