कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं २ को वडाध्यक्षमा ४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
जसमध्ये, नेकपा एमालेकी केशकुमारी गुरुङ, नेपाली काँग्रेसका गणेश आचार्य, नेकपा माओवादी (केन्द्र) का श्रीप्रसाद घले र मंगोल नेशनल अर्गानाइजेसनका भक्तबहादुर गुरुङले उम्मेदवारी दर्ता गराएका हुन्।
त्यस्तै, खुला सदस्यका लागि ७, महिला सदस्यमा ३ र दलित महिला सदस्यमा ३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
खुल्ला सदस्यका लागि नेकपा एमालेका हिमाल गुरुङ र पदमसिंह तामाङ, नेपाली काँग्रेसका ईनबहादुर तामाङ र अर्जुन गुरुङ, नेकपा माओवादी (केन्द्र) का विक्रम सार्की र पुष्पराज गौतम तथा नेकपा (एकीकृत, समाजवादी) का कृष्णप्रसाद बास्तोलाले उम्मेदवारी दर्ता गराएका हुन्।
त्यस्तै, महिला सदस्यका लागि नेकपा एमालेकी देउमाया तामाङ, नेपाली काँग्रेसकी सर्मिला तामाङ र नेकपा माओवादी (केन्द्र) की पूर्णिमा तामाङले उम्मेदवारी दर्ता गराएका हुन्।
त्यसैगरि, दलित महिला सदस्यमा नेकपा एमालेकी शान्ता नेपाली, नेपाली काँग्रेसकी सुकमाया कामी र नेकपा माओवादी (केन्द्र) की सर्मिला बि.क.ले उम्मेदवारी दर्ता गराएका हुन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







