पोखरा, बैशाख १६
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले स्थानिय तहको निर्वाचनमा कास्कीका सबै पालिकामा एमालेलाई सघाउने भएको छ । राप्रपा नेपाल कास्कीले केन्द्रमा भएको तालमेल अनुसार कास्कीको पोखरा महानगरपालिका, माछापुच्छ«े गाउँपालिका, मादी गाउँपलिका र रुपा गाउँपालिकाको प्रमुख र उपप्रमुख पदमा एमालेलाई सघाउने निर्णय अनुसार उम्मेदवारी फिर्ता लिएको जनाएको छ ।
पोखरा महानगरपालिकामा राप्रपा नेपालले गोविन्द गुरुङलाई मेयर र चिनाकुमारी दवाडीलाई उपमेयरमा उठाएको थियो । तर शुक्रबार निर्धारित समयमै उम्मेदवारी फिर्ता गरिएको राप्रपा नेपालका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सचिव सूर्य बास्तोलाले जानकारी दिए ।
राप्रपा नेपालले अन्नपूर्ण गाउँपालिकामा भने एकल रुपमा लड्ने भएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्की जिल्लाको पाँचवटा पालिकामध्ये क्षेत्रफलको हिसाबमा सबैभन्दा सानो गाउँपालिका रुपा हो ।…






