माओवादी उम्मेदवार तिमिल्सिना भन्छन् : जनताको समस्या समाधान गर्ने माओवादी मात्र हो


     एभरेस्ट आवाज    
     वैशाख १६ गते २०७९ मा प्रकाशित




पोखरा ।

पोखरा १८ मा माओवादी केन्द्रको तर्फबाट राजु शर्मा तिमिल्सिनाले जनताको समस्या समाधानमा माओवादी केन्द्र भन्दा अन्य पार्टी उपयुक्त नभएको बताए । उनले पोखरा महानगरपालिका १८ पिपलडालीमा चुनाव प्रचार प्रसारको क्रममा जनातनाको दुख बुझ्ने पार्टी माओवादी रहेको उनले बताए ।

पोखरा १८ को सुकुमबासी बस्तीमा चुनावी प्रचार प्रसारमा घरदैलो गर्दा उनले पिपलडालीको सुकुमबासी बस्तीमा बिजुली जडान गर्ने, घर घरमा धारा जाडान गर्ने क्रममा आफुले काम गरेको अनुभव सुनाए ।

सुकुमबासीलाई लाजपुर्जा दिलाउने लगायतका समस्यामा नि अहम भुमीका खेल्ने भन्दै ढुक्क भएर माओवादी केन्द्रमा मतदान गर्नको लागि अनुरोध गरे । उम्मेदवारी दिएका छन् । उनले चुनाव प्रचार प्रसारको कार्याक्रम सुरु गरेका छन् ।

खुल्ला सदस्यका उम्मेदवार हुमविर पुनले भोट हाल्दा पहिलो काम गरेको र भिजन भएको नेतालाई मात्र भोट हाल्न अनुरोध गरे । उनले सुकुमबासीको समस्या आफुले बाहेक अन्यले नबुझेको समेत बताए । शुक्रबार शितलबस्ती,पोखराबेसी, पिपलडाली, लामागाउँ, रोटेपानी लगायतका ठाउँमा प्रचार प्रासार गरिएको थियो ।

उक्त वडामा महिला सदस्यमा दुर्गा अधिकारी, दलित महिला सदस्यमा खुल्ला सदस्यमा उमनाथ तिमिल्सिना र हुमविर पुनले उम्मेदवारी दिएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।