म्याग्दी धवलागिरी–१ मा वडाध्यक्षदेखि सबै सदस्यहरु माओवादी (केन्द्र)बाट निर्विरोध निर्वाचित


     एभरेस्ट आवाज    
     वैशाख १७ गते २०७९ मा प्रकाशित




म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं १ मा वडाध्यक्षदेखि सबै सदस्यहरु माओवादी (केन्द्र) बाट निर्विरोध निर्वाचित भएका छन्।

नेकपा माओवादी (केन्द्र) बाट वडाध्यक्षको उम्मेदवार झकबहादुर छन्त्याल, दलित महिला सदस्यमा सन्तमाया बि.क., महिला सदस्य सीताकुमारी छन्त्याल, वडा सदस्य के आइसिंह छन्त्याल र स्वतन्त्रबाट सदस्यको उम्मेदवार बनेका गुनाराम छन्त्याल निर्विरोध निर्वाचित भएका हुन्।

त्यहाँको निर्वाचन कार्यालयले उनीहरुलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।