तनहुँका ११० जनाले फिर्ता लिए उम्मेदवारी


     एभरेस्ट आवाज    
     वैशाख १७ गते २०७९ मा प्रकाशित




तनहुँमा प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षसहित ११० जनाले उम्मेदवारी फिता लिएका छन्।

यही वैशाखको ३० गते हुन गईरहेकोे स्थानीय तहको निर्वाचनका लागि तनहुँमा गत आइतबार र सोमबार उम्मेदवारी मनोनयन दर्ता गराएका ११० जनाले फिर्ता लिएका हुन्।

निर्वाचन आयोगको कार्यतालिका अनुसार शुक्रबार उम्मेदवारको नाम फिर्ता तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका अनुसार जिल्लाका १० वटै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरुले आफ्नो उम्मेदावरी फिर्ता लिएका हुन्।

तनहुँको व्यास नगरपालिकामा नेकपा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार शंकरनारायण श्रेष्ठ, स्वतन्त्र रुपमा कांग्रेसका बागी उम्मेदवारी दिएका वृषराज श्रेष्ठसहित १८ जनाले उम्मेदवारी फिर्ता लिएको तनहुँ जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचन कार्यालय तनहुँका अनुसार व्यासमा ८ जना वडा अध्यक्ष र ८ जना सदस्यहरुले उम्मेदवारी फिर्ता लिएका छन्।

शक्लागण्डकी नगरपालिकामा २ जना प्रमुख, १ जना उपप्रमुख, १३ जना वडाध्यक्ष, २१ जना सदस्य गरी ३७ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

भिमाद नगरपालिकामा १ जना प्रमुख, १ जना उपप्रमुख, अन्य ७ जना गरी ९ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

यस्तै, भानु नगरपालिकामा १ जना प्रमुख, ८ जना वडाध्यक्ष, ५ जना महिला सदस्य, ६ जना खुला सदस्य गरी २० जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ।

त्यस्तै, देवघाट गाउँपालिकामा ३ जना अध्यक्ष, १ जना वडाध्यक्षसहित ४ जना, आँबुखैरेनी गाउँपालिकामा ३ वडाध्यक्ष, २ जना सदस्य सहित ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

घिरिङ गाउँपालिकामा १ जना वडाध्यक्ष, ऋषिङ गाउँपालिकामा २ जना वडाध्यक्ष, १ जना सदस्य, म्याग्दे गाउँपालिकामा १ जना वडाध्यक्ष, बन्दिपुर गाउँपालिकामा १२ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

खैरेनी गाउँपालिकामा २ जना अध्यक्ष, १ जना उपाध्यक्ष, ३ जना वडाध्यक्ष र ६ जना सदस्यहरुले उम्मेदवारी फिर्ता लिएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।