यो मेरो अन्तिम चुनाव हो, अब लड्दिन : मेयरका उम्मेदवार थापा

- मेयर हुँदा पाउने सुविधा गरीव जनता र विकास निर्माणमा खर्च गर्ने घोषणा


     एभरेस्ट आवाज    
     वैशाख १७ गते २०७९ मा प्रकाशित




पोखरा, बैशाख १८

पोखरा महानगरपालिकाका मेयरका उम्मेदवार कृष्णबहादुर थापाले यस पटकको चुनाव आफ्नो अन्तिम चुनाव भएको घोषणा गरेका छन् । पोखरामा शनिबार भएको उम्मेदवार परिचय तथा प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्दै एमालेका तर्फबाट मेयरका उम्मेदवार उनले यस पटकको चुनाव आफ्नो अन्तिम चुनाव भएको बताएका हुन् । उनले आगामी दिनहरुमा उम्मेदवार नबन्ने घोषणा गरे । ‘मेरो यो अन्तिम चुनाव हो । आगामी दिनमा म उम्मेदवारपनि हुँदिन । चुनावपनि लड्दिन’–उनले भने ।

एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उप–महासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव पद्मा अर्याल, संगठन विभाग प्रमुख खगराज अधिकारीलगायतलाई साक्षी राखेर उनले आफू मेयर भएमा आफूले सेवा सुविधा नलिने घोषणासमेत गरे । उनले भने,‘म मेयरमा निर्वाचित भएँभने मैले पाउने सेवा सुविधा गरीब जनता र विकास निर्माणमा लगाउने घोषणा गर्दछु ।’

उम्मेदवार थापाले आफ्नो आगामी जीवन महानगरका जनताको सेवामा खर्चिने प्रतिबद्धता व्यक्त गरे । साथै आफ्नो मृत्यूपछि आफ्ना शरीरका अंगहरु दान दिने घोषणा गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।