अघिल्लो चुनावमा नेकपा एमालेले स्मार्ट सिटीलाई पहिलो प्राथमिकतामा राखेको थियो । घोषणा पत्रमै स्मार्ट सिटी उल्लेख गरेर त्यसको पूर्वाधार बनाउने भनिएको थियो । तत्कालीन एमालेका उम्मेदवारदेखि एमाले नेताहरु सबैले स्मार्ट सिटीको रटान लगाउँथे । तर मेयरमा मानबहादुर जिसी निर्वाचित भएपछि एमालेले भनेजस्तो पोखरा स्मार्ट सिटीको अवधारणमा अगाडि बढेन । स्मार्ट सिटी अन्तर्गतको बसमा ईटिकेटिङदेखि ट्राफिक लाईटलगायत केहिलेपनि सफलता पाएन । त्यसपछि पोखरेलीहरुले स्मार्ट सिटीको नारालाई बंग्याएर व्यङ्ग्य गर्न थाले,‘चुनावताका स्मार्ट सिटी, जितेपछि यत्रै सिति ?’ नभन्दै भयोपनि त्यस्तै । जसका कारण महानगर र एमाले नेतृत्व आलोचित बन्न पुग्यो ।
त्यसैले होला यसपटक एमालेको प्रतिबद्धता पत्रमा स्मार्ट सिटीको नारा समेटिएन । बरु एमालेले यत्रतत्र छरिएको विजुलीका पोलका तारहरु अन्डर ग्राउण्ड गर्ने अभियानलाई भने निरन्तरता दिने बताएको छ । हालका मेयर मानबहादुर जिसीले महानगर भित्रका छरपष्ट तारहरु काट्ने अभियान थालेका थिए । सौन्दर्यकरण गर्ने भन्दै बर्तमान प्रमुख मानबहादुर जिसी आफैं बिजुलीको पोलमा चढेर तार काट्ने अभियान शुरु गरेका थिए । तर त्यो काम बीचैमा अलपत्र प¥यो । रोकिएको कामलाई महानगर प्रमुखका उम्मेदवार थापाले ‘विजुलीका तारहरुलाई अण्डरग्राउण्ड गर्ने गरी शुरु गरिएको कामलाई द्रुतगतिमा अगाडि बढाईने’ बताए ।
एमालेले पोखरा महानगरभित्र बढ्दै गएको सवारी प्रदुषण गर्ने सन्दर्भमा विद्युतीय सवारी साधन सञ्चालनमा विशेष जोड दिने उल्लेख छ । प्रतिबद्धता पत्रमा विभिन्न स्थानमा विद्युतीय चार्जिङ स्टेसनको व्यवस्था गरिने जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







