माओवादी उम्मेदवार अधिकारी भन्छन् : पोखरा १ लाई स्मार्ट वडा बनाउँछु


     एभरेस्ट आवाज    
     वैशाख १७ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नम्बर १ का माओवादी केन्द्रको तर्फबाट वडाध्यक्षका उम्मेदवार भानुभक्त अधिकारिले वडामा शुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार गरिएको घरदैलो कार्यक्रममा बोल्दे उनले आफू वडाध्यक्ष भएपछि वडामा सुशासन कायम गर्ने कामलाई पहिलो प्राथमिकतामा राख्ने बताए । साथै उनले पोखरा १ लाई स्मार्ट वडा बनाउने उद्घोष गरे ।
वडाध्यक्षका उम्मेदवार अधिकारीले जनताले स्थानीय सरकारको महशुष हुने गरि कार्य गर्ने प्रदिबद्द्ता ब्यक्त गरे । उनले आफु सधै जनताको सेवामा नै खटिने भन्दै आफु वडाध्यक्षको उम्मेदवारी दिएको भन्दै आफुलाई भोट दिएर जिताउन सबै सँग अनुरोध गरे ।
शनिबार घरदैलो कार्यक्रममा जनताको सहभागिता व्यापक रहेको उनीहरुले अधिकारी र उनको टिमलाई जिताउने प्रतिबद्धता व्यक्त गरेको घरदैलोमा खटिएका नेता तिलक कोइरालाले जानकारी दिए । उक्त वडामा महिला सदस्यमा मीना कोईराला , दलित महिला सदस्यमा कल्पना दमाई खुल्ला सदस्यमा रुद्र लुइँटेल र धन बहादुर तामाङले उम्मेदवारी दिएका छन् ।१५ गतेबाट उनले चुनावी प्रचार प्रसारको कार्याक्रम सुरु गरेका हुन्।।।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।