अधुरा काम गर्न फेरि आएँः आचार्य


     एभरेस्ट आवाज    
     वैशाख १८ गते २०७९ मा प्रकाशित




वैशाख १८, पोखरा ।
नेकपा (एमाले) को तर्फबाट पोखरा महानगरपालिका वडा नं ३३ का अध्यक्ष पदका प्रत्यासी उमेद्वार शिवप्रसाद आचार्यले आफ्नो अघिल्लो कार्यकालका अधुरा योजना पूरा गर्न फेरी उमेद्वार बनेर जनताको घर दैलोमा आएको बताएका छन् । उनले समृद्ध वडाको अभिभारा पूरा गर्न आफू थप १ कार्यकाल काम गर्न चाहेको र थप केही नयाँ योजना सहित आएको उल्लेख गरे ।
उनले आफ्नो पार्टीको अर्जुन दृष्टि समृद्ध वडा बनाउमा केन्द्रित भएको भन्दै सो को लागि अबको ५ वर्षमा पुर्ण भौतिक पूर्बाधार सहितको विकासको योजना प्रस्तुत समेत गरे ।
उनले स्वरोजार युवा, कृषिमा आधुनिकीकरण र व्यावसायिकता, स्वावलम्वी महिला र पिछडिएका समुदायको उत्थानका कार्यक्रम, थप प्राविधिक शिक्षासहित उच्च शिक्षित वडा, प्रत्येक टोलमा पूर्ण आइटी टोलबाटिका, वडामा सुविधा सम्पन्न अस्पताल र सहज स्वास्थ्य सेवा प्राप्त गर्ने एम्बुलेन्सको सञ्चालन, व्यवस्थित पर्यटन विकाससहित महानगरको उत्कृष्ट पर्यटकीय गन्तव्य निर्माणको काम पुरा गरिने प्रतिबद्धता व्यक्त गरे ।
आचार्यले सो कुरा वडाका जिब्रेढुंगा, सुर्ताने, वर–पान्डेथुम, बनपाले, भर्तीपोखरा लगाएतका स्थानमा आयोजित घरदैलो कार्यक्रमका क्रममा बताएका हुन् ।
जामुनाबोट निवासी १ सय ३ वर्षीय अग्रज अभिभावक लिलावती केसीसंग आशिर्वाद ग्रहणगरी सुरु गरिएको घरदैलो निरन्तर जारी रहने र भोलि सोमबार चौवादी, बर्छा, कुर्लिंग लगाएतका स्थानमा भेटघाट कार्यक्रम हुने एमाले ३३ का अध्यक्ष दिपकराज लामिछानेले बताए ।
सो अवसरमा उमेद्वारहरु महिला सदस्य पदका शान्ति पाध्या, दलित महिला सदस्य पदका लीलादेवी नेपाली, सदस्य पदका विनोद भण्डारी र शंकरबहादुर अधिकारी सहित टोल कमिटी तथा वडा कमिटी सहित स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।