अन्नपूर्ण–१ नागडाँडामा नेपाली काँग्रेसको चुनावी सम्पर्क कार्यालय


     एभरेस्ट आवाज    
     वैशाख १९ गते २०७९ मा प्रकाशित




स्थानीय तहको चुनावका लागि कास्कीको अन्नपूर्ण गाउँपालिका–१ स्थित नागडाडामा नेपाली काँग्रेसको चुनाव प्रचारप्रसारका लागि सम्पर्क कार्यालय स्थापना गरिएको छ।

एक कार्यक्रमकावीच आइतवार नेपाली काँग्रेसका तर्फबाट अन्नपूर्ण गाउँपालिकाका लागि अध्यक्ष पदका प्रत्यासी उम्मेदवार एवं नेपाली काँग्रेस कास्कीका उपसभापति समेत रहेका युवराज कुँवरले सम्पर्क कार्यालयको उद्घााटन गरेका हुन्।

कुँवरले आफूहरुलाई पुनः जिताउन मतदातासमक्ष अपील गरे। एनले अन्नपूर्ण गाउँपालिकामा पाँच बर्षको अवधिमा हाम्रो टिमले धेरै काम सम्पन्न गरेको बताए।

‘केही कामहरू अझै अधुरो अवस्थामा छन, ती कामहरू पूरा गर्नका लागि पनि अझै एक कार्यकाल चाहिने हुँदा मलाई पार्टीले पुनः टिकट दिएको हो, उनले भनेका छन्।

उनले अगाडि थपे, ‘आगामी कार्यकालका लागि काम गर्न मलाई खाका तयार गर्नुपर्ने अवस्था छैन, मसँग अनुभव पनि भएको हुनाले हामीले अघि बढाएका कामलाई पूरा गर्नुछ त्यसलाई पूरा गर्नका लागि एकपटक फेरि दोहोरिएर आएको हुँ।’

उनले अन्नपूर्ण गाउँपालिकाको समृद्ध बनाउनका लागि विकासका योजनाहरु आफूसंँग रहेको दाबी गरे। जनताको बीचमा गरिएका बाचालाई कहिल्यै नभुल्ने उनले प्रतिबद्दता जनाए।

कुँवरले जनताको बीचमा रहेर उनीहरुको चाहाना अनुसारको विकास तथा समृद्धिको यात्रामा सहयात्री बनेको आउँदा दिनमा पनि सहयात्री बन्न आफू तयार रहेको बताए।

यस्तै, उपाध्यक्षका उम्मेदवार खिमकुमारी गुरूङले विगत पाँच वर्षमा नेपाली काँग्रेसको नेतृत्वमा गाउँपालिकामा गरेको विकास निर्माणको कार्यबाटै आम नागरिकले नेपाली काँग्रेसलाई चिनेको बताइन्। आगामी दिनमा पनि योजनाबद्ध रुपमा दिर्घकालीन रुपमा छाप रहने गरि कार्य गर्ने उनले प्रतिबद्धता जनाइन्।

नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिकाका सभापति मनपति भण्डारीले गाउँपालिकामा युवराज कुवँरको काम गराईको शैलीले मतदाताको आकर्षण बढेको दाबी गरे। पाटीले कुँवरलाई पुनः टिकट प्रदान गरेको बताउदै यसपटक पनि विजय सुनिश्चित रहेको बताए।

अन्नपूर्ण गाउँपालिका वडा नं १ का वडाध्यक्ष भरतजंग कुवँरले वडावासीको जनप्रतिनिधी भएर काम गर्ने अवसर प्रदान गरेकोमा मतदातालाई धन्यवाद दिदै वडा नं १ लाई सुशासन र दिगो विकासमा अन्नपूर्ण गाउँपालिका कैै नमुना वडा बनाएको दावी गरे।
वडाध्यक्षका उम्मेद्वार एवं पूर्व वडा सदस्य समेत रहेका ईन्द्रप्रसाद सुवेदीले विगतका दिनमा आफनो टिमले वडाको विकासका लागि गरेको कार्यको मूल्याङकन गरी पुनः अमुल्य मत दिएर विजयी गराउनेमा आफुहरु विश्वस्त रहेको बताए।

उनले पाँच वर्ष अगाडिको निर्वाचनमा वडावासीले नेपाली काँग्रेसलार्ई निर्वाचित गराएपछि वडामा थुप्रै विकास निर्माणका कार्यहरु सम्पन्न गरेको दाबी समेत गरे। उनले स्वच्छ छबि, मन वचन र ईमान्दारिताका साथ आफ्नो वडालाई राम्रो बनाउने अभियानमा लाग्ने प्रतिबद्धता ब्यक्त गरेका छन्।

नेपाली काँग्रेस अन्नपूर्ण–१ का कार्यवाहक सभापति गिरधारी सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाका उपसभापति चेतभक्त लम्साल, सचिव नरपति दाहाल, नेपाल तरुण दल अन्नपूर्ण गाँउपालिकाका अध्यक्ष दिलबहादुर जिसी लगायतले

उम्मेदवारहरुलाई शुभकामना व्यक्त गर्दै मतदातालाई ८ रुखमा ७ छाप लगाई नेपाली काँग्रेसलाई जिताउन आग्रह गरेका थिए। कार्यक्रम पश्चात उम्मेदवारहरुले वडामा घरदैलो कार्यक्रम संचालन गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।