नेपाली काँग्रेस पोखरा–२८ को निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ।
पोखरा–२८ रैकरमा उक्त सम्पर्क कार्यालय एक समारोहबीच आइतबार उद्घाटन गरिएको हो। नेपाली काँग्रेसका निवर्तमान सभापति कृष्ण केसीले उक्त सम्पर्क कार्यालयको उद्घाटन गर्दै देशमा अहिले यो वा त्यो पार्टी भन्दा प्रतिगमनबिरुद्ध एक हुनुपर्ने अबस्था रहेको बताए।
पोखरा–२८ का वडाध्यक्ष पदका उम्मेदवार श्रीकृष्ण लामिछानेले आफू र आफ्नो टिमका ५ जनालाई विजयी गराउन आग्रह गरे। वडा नम्बर २८ लाई काँग्रेसको किल्ला बनाउने उद्देश्यसहित घरदैलो कार्यक्रमलाई तीब्र पारिएको नेपाली काँग्रेस पोखरा–२८ का निर्वाचन परिचालन कमिटीका सचिव राधाकृष्ण तिवारीले जानकारी दिएका छन्।
‘समुन्नत पोखराको आधार, सबल अर्थतन्त्र र पूर्वाधार’ भन्ने नाराका साथ ५ दलीय गठबन्धनले पोखराको मेयरमा नेकपा एकीकृत समाजबादीका धनराज आचार्यलाई मेयरमा, काँग्रेसकी नेतृ कोपिला रानाभाटलाई उपमेयरमा उमेदवारको रुपमा उठाएको हो।
यस वडामा नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षमा श्रीकृष्ण लामिछाने, महिला सदस्यमा डाल्डादेवी भुजेल, दलित महिला सदस्यमा ईन्द्रकला बिड्डक, खुल्ला सदस्यतर्फ कमल थापा र नारायण बजगाई छन्।
यहाँ नेपाली काँग्रेस र नेकपा एसको संयुक्त प्यानल छ। यसैबीच, पोखरा–२८ मा नेपाली काँग्रेसले चुनावी घरदैलो अभियान तीव्र पारेको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १२ पोखरामा बाढी पीडितको शव व्यवस्थापन गर्न सकस भएको…





