पोखरा–१२ मा नेपाली काँग्रेसको घरदैलो कार्यक्रमलाई तीब्रता दिएको छ।
पोखरा–१२ का वडाध्यक्षका उम्मेदवार सन्तोष बास्तोलाले घरदैलो कार्यक्रममा आफू वडा अध्यक्षमा निर्वाचित भएमा वडाका अधुरा कामलाई प्राथमिकता दिने मतदातासमक्ष प्रतिबद्धता जनाए।
वडामा अधुरा कामहरु सम्पन्न गर्नका लागि आफू निरन्तर लागि रहने उल्ले्ख गरे।
घरदैलो कार्यक्रममा पोखरा–१२ को पुरानो धारादेखि पिपलडाली, सीटीभीटइ, सफा मार्ग लगायतका ठाउँमा गरिएको थियो।
नेपाली काँग्रेसकी नेत्री सरस्वती गुरूङ, काँग्रेस क्षेत्र नं १ ख का सभापति कृष्ण कोइरालालगायत वडा सदस्यका उम्मेदवारहरू शान्ता बहादुर थापा, गोविन्दप्रसाद सिग्देल, शान्ति कोइराला, गोमादेवी परियारले मतदातासमक्ष लोकतन्त्रको रक्षार्थ पनि काँग्रेस उम्मेदवारलाई बिजयी बनाउन आग्रह गरे।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १२ पोखरामा बाढी पीडितको शव व्यवस्थापन गर्न सकस भएको…





