नेकपा एमालेबाट कास्कीको मादी गाउँपालिका अध्यक्ष उम्मेदवार शिवबहादुर गुरुङ (महेन्द्र)ले आफूले पक्षपातरहित विकास गर्ने प्रतिबद्धता जनाएका छन्।
मादी–८ मा आइतबार चुनावी सभामा बोल्दै उनले विपक्षी पार्टीले पक्षपाती विकास गर्ने हल्ला फैलाएको तर आफूले त्यस्तो नगर्ने स्पष्ट पारे।
कास्कीको मादी गाउँपालिकामा १२ वटा वडा छन्। अध्यक्ष उम्मेदवार महेन्द्रको घर मादी १० मा पर्छ।
‘प्रतिपक्षी दलका साथीहरुले मादीको माथिल्लो बेल्टमा गएर महेन्द्र तल्लो बेल्टको मान्छे हो र त्यसलाई भोट दिए विकास तल्लो बेल्टमा गर्छ भनेछन्,’ उनले भने, ‘हामी कुनै वडा केन्द्रीत होइन, १२ वटै वडालाई समान विकास गर्ने गरी अघि बढ्छौँ। सबै वडा बराबर हुन्, हाम्रो आफ्नै हुन्।’
२०७४ सालमा निर्वाचित पालिका नेतृत्वले गर्न नपाएका काम आफ्नो नेतृत्वले पूरा गर्ने उनको भनाई थियो। मत दिनेहरुलाई पछुतो नहुने गरी काम गरेर देखाउने अध्यक्ष उम्मेदवार गुरुङले प्रतिबद्धता जनाए। उनले आफूले जितेमा युवालाई उद्यमी बनाउने योजना ल्याउने बताए।
‘हाम्रो पार्टीले युवालाई उद्यमशीलतातिर जोड्न चाहन्छ। रोजगारी नपाएका गाउँका दाजुभाइलाई उद्यमी बनाउने योजना ल्याउँछौँ। वृद्धवृद्धा, बालबालिका, एकल महिला, उत्पीडित समुदायलाई हाम्रा प्राथमिकतामा राख्छौं,’ उनले भने।
उपाध्यक्ष उम्मेदवार कल्पना गुरुङले महिला हिंसाविरुद्ध अभियान चलाउने प्रतिवबद्धता जनाइन्। चुनाव जितेमा ५ वर्षसम्म जनताका समस्या सुनेर समाधान गर्ने उपाध्यक्ष उम्मेद्वार गुरुङको भनाई थियो।
‘आमा सक्षम नभएसम्म कुनै घर सक्षम हुँदैन। घरेलु र शारीरिक हिंसामा धेरै महिला पर्नुभएको छ। यो समस्या समाधान गर्न प्राथमिकता दिन्छु,’ उनले प्रतिबद्धता जनाइन्।
एमाले मादीले आइतबार मादी–८ को पोसी, पर्गी, रबैडाँडा, नागिधार, पाखुरीबोटलगायत ठाउँमा घरदैलो कार्यक्रम गरेको थियो। एमालेबाट गाउँपालिका अध्यक्ष–उपाध्यक्ष रहेका महेन्द्र र कल्पनाले मादी ३, ४, ९ का मतदातालाई भेटिसकेका छन्। सोमबार मादी–१२ मा घरदैलो कार्यक्रम र चुनावी सभा गर्ने तयारी छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार १४कास्कीको मादी गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा स्थानीय बासिन्दाले सबैभन्दा बढी…






