जन्मथलोमा चुनावी घरदैलो गर्दै धनराज


     एभरेस्ट आवाज    
     वैशाख १९ गते २०७९ मा प्रकाशित




पोखरा, १९ बैशाख

पोखराका मेयर पदका उम्मेदवार धनराज आचार्य र उपमेयर पदका उम्मेदवार कोपिला रानाभाटले आज पोखरा–३३ घरदैलो गर्ने भएका छन् । सत्तारुढ दलहरुको साझा गठबन्धनका उम्मेदवार आचार्य र रानाभाटले मेयर पदका उम्मेदवार धनराज आचार्यको जन्मथलोमा घरदैलो गर्न लागेका हुन् ।

पोखरा ३३ धनराज र उनको सहपाठी रबीन्द्र अधिकारीको जन्मथलो हो । जहाँ उनीहरुले बाल्यकाल बिताएका थिए । पोखरा ३३ निर्णायक मतदाता भएको ठाउँपनि हो । यसअघि रबीन्द्रलाई जिताउँदै आएको पोखरा ३३ ले यसपटक रबीन्द्रका सहपाठीसमेत रहेका स्थानिय धनराजलाई जिताउने विश्वास गरिएको छ । किनकी त्यहाँ धनराजले विकास निर्माणका विभिन्न योजना निर्माणदेखि कार्यान्वयनमापनि नेतृत्वदायी भूमिका खेल्दै आएका छन् ।

जन्मथलोमा घरदैलो गर्नुअघि धनराज आचार्य प्राइम टिभीले आयोजना गर्ने चुनावी बहसमा सहभागि हुनेछन् । त्यसपछि पूर्वाह्न ११ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले आयोजना गर्ने छलफल कार्यक्रममा सहभागि हुनेछन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।