पोखरा १९का मतदाता भन्छनःविकास र एमाले परिपुरक


     एभरेस्ट आवाज    
     वैशाख १९ गते २०७९ मा प्रकाशित




कास्की । पोखरा १९ का आम मतदाताले विकास र समृद्धिको परिपुरक भनेकै एमाले भएको वताएका छन् ।

पोखरासँग जोडिएर पनि विकासका दृष्टिले पछाडि परेको घार्मी, फेदि, काउरे, चुरूङ्गा, पात्ले, लाम्पाटा लगायतका ग्रामीण भेगका मतदाताले नेकपा एमालेको सरकार आएपछि मात्र गाउको मुहारमा केही परिवर्तन आएको भन्दै घर दैलोमा पुगेका एमालेका उमेदवार तथा कार्यकर्तासँग खुशि बाडेका छन् ।

उनिहरुले विकासका अधुरा कामलाई पुर्णता दिन पनि एमालेको नेतृत्व चाहिने वताउदै यसपालि पनि एमाले लाई नै भोट दिने वताए ।

घरदैलोका त्रृममा वडाध्यक्षका उमेदवार ईमानराज पौडेलले आफुले गाउँका समस्या बुझेको र अपुरा कामलाई पुर्णता दिने वताए ।केही दिनदेखि एमालेका नेता कार्यकर्ताले पोखरा १९ का ग्रामीण भेगका टोल र बस्तीमा पुगि मत मागिरहेका छन् । घरदैलोमा एमालेका सयौं नेता कार्ययकर्ता सहभागी छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।