पोखरा २६ मा एमालेको घरदैलो कार्यक्रम


     एभरेस्ट आवाज    
     वैशाख १९ गते २०७९ मा प्रकाशित




Exif_JPEG_420

पोखरा । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पोखरा २६ का नेकपा एमाले उमेद्वारले घरदैलो कार्यक्रम नियमित गरेका छन् । घरदैलो कार्यक्रममा स्थानीय बासिन्दा खुसी हुँदै विकास गर्ने पार्टी नेकपा एमाले भएको बताएका थिए ।

यसैक्रममा चुनाव प्रचार–प्रसार समिति संयोजक रामचन्द्र तिमिल्सिनाले एमालेको तर्फबाट वडामा उमेद्वार बनेका ५ जनालाई नजिताएसम्म आफूले विश्राम नलिने बताएका छन् ।

चुनाव प्रचारप्रसार समिति संयोजक तिमिल्सिनाको नेतृत्वमा भएको घरदैलो कार्यक्रममा एमालेको तर्फबाट पोखरा महानगरपालिकामा मेयरको उमेद्वार कृष्ण थापा, उपमेयर मञ्जु गुरुङ लगायत वडा नं २६ का वडाध्यक्षका उमेद्वार सूर्य नाथ भण्डारी सदस्यमा धुर्व थापा बसन्त बन्जरा, प्रमिला बराल भण्डारी र शर्मिला सुनारलाई अत्यनधिक बहुमतले विजयी गराउन अनुरोध गरेका गरिएको थियो ।

जिल्ला कमिटी सदस्य, प्रदेश कमिटी सदस्य, महानगर कमिटी सदस्य, वडा कमिटी सदस्य, टोल कमिटीका अध्यक्ष सरस्वती रानाभाट तथा वडा अध्यक्ष नारायण प्रसाद बराल, हरिश्चन्द्र देवकोटा, खड्का रानाभाट, विकास अधिकारी, वामदेव ढुंगाना, रामहरि ढुंगाना, रमेश रानाभाट लगायत पदाधिकारीको सहभागिता थियो ।

उक्त वडामा निर्वाचनलाई लक्षित गर्दै आज सिल्लिगे, राइथर, खन्त्री टोल, बुढाघरे टोल, घर्तीचौर, भट्टेथर, सोतो, लगायत ठाउँमा घर दैलो गरिएको छ । प्रचार–प्रसार विभाग प्रमुख सन्देश तिमिल्सिनाले जानकारी दिएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।