पोखरा-६ बैदाममा गठबन्धनको घरदैलो निरन्तर


     एभरेस्ट आवाज    
     वैशाख १९ गते २०७९ मा प्रकाशित




पोखरा, १९ बैशाख

चुनाबी सरगर्मी बढेसगै पोखरा महानगर पालिका वडा नं ६मा पनि गठबन्धनका उम्मेदबारहरु चुनाबी अभियानको क्रममा टोल टोलमा पुगि घरदैलो अभियानलाई निरन्तरता दिन थालेका छन । “जेठको पहिलो हप्तामा गठबन्धनको सरकार सत्तामा” भन्ने नारा सहित वडामा गठबन्धनका उम्मेदबारहरुले.घरदैलो सहित मतदाताहरुको घरमा पुगि आर्शिबाद सहित मत मागेका थिए ।
आम मतदाताहरुले उम्मेदबारहरुलाई अहिलेको ‘बर्तमान अवस्थामा पाँच दलिय गठबन्धन नै आजको आवश्यकता रहेको बताउदै जितको’ शुभकामना दिएका थिए । वडामा नेपाली काग्रेसको तर्फबाट निर्वतमान वडा अध्यक्ष तथा अध्यक्षका प्रत्याशि जगतबहादुर पहारी, खुलासदस्य नेकपा माओबादीका तर्फबाट कृष्ण प्रसाद आर्चाय तेसैगरी खुल्ला सदस्यमा नेपाल कम्युनिष्ट पाटि एकिकृतका समाजबादीका तर्फबाट विकास पहारी र महिला सदस्यमा नेपाली काग्रेसका तर्फबाट पबित्रा थापा र दलित महिला सदस्यका नेपाली काग्रेसको तर्फबाट शोभा जलारी चुनावी मैदान रहेका छन ।
वडामा गठबन्धनका तर्फबाट अध्यक्षका प्रत्याशि जगतबहादुर पहारीले पाँच दलियको निति तथा कार्यक्रमहरु अरुको भन्दा उत्कृष्ट रहेकाले आफुहरुको जित सुनिश्चित रहेको बताए । वडामा रहेका अधृरा र अपुरा कामहरुलाई गठबन्धनका उम्मेदबारहरुले पुरा गर्ने उनले प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा मतदाताहरुले आफ्नो टोलमा खानेपानि र ढल निकाशको ब्यवस्था गर्ने र जिर्ण बनेका सडकहरुलाई मर्मतको काम अघि बढाउन उम्मेदबारहरुलाई आग्रह गरेका थिए ।
घरदैलो अभियानको आज पहिलो दिन बसन्त बैठक, जरेबर र बुलौदी हुदै नहर मार्गमा रहेका मतदाताहरुको घरघरमा गइ मतदाताहरु सँग आफ्ना प्रतिबद्धता सहित मत मागेको सचिब प्रकाश न्यौपानेले बताएका छन ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।