पोखरा
पोखरा महानगरपालिकाको निर्वाचन जितेमा महानगरका सेवाग्राहीलाई एउटै कोठाबाट सबै सेवा दिने पाँच दलीय गठबन्धनले घोषणा गरेको छ । आफ्नो घोषणापत्रमा गठबन्धनले सेवाग्राहीलाई कुनै खास सेवा लिन पुरै महानगर परिसर चहार्नुपर्ने बाध्यताको अन्त्य गर्न यस्तो घोषणा गरेको हो ।
‘निर्वाचित भएको तीन महिना भित्रै यो घोषणालाई कार्यान्वयन गरिने छ ।’ घोषणापत्रमा उल्लेख छ । महानगरको मेयरका उम्मेदवार धनराज आचार्य भन्छन्, ‘महानगरका सेवाग्राहीले दुःख नपाउन भनेर मुभलेस सेवा तीन महिनाभित्र शुरु गर्छौं ।’
पोखरा महानगरपालिकाको कार्यालय हाल न्यूरोडबाट सञ्चालन भईरहेको छ । नगरपालिकाको सेवा दिने संरचनामा बनेको उक्त भवन अहिले महानगरपालिकाको संरचनासम्म आईपुग्दा पनि विस्तार हुन सकेको छैन । महानगरका सयौं कर्मचारीले साँघुरो कोठाबाट सेवा दिँदै आईरहेका छन्, भने सेवाग्राहीको पनि महानरमा भीडभाड भईरहेको दिनुहुँ देख्न सकिन्छ ।
आचार्यले आफु पदबहाली भएकै दिन अत्यावश्यक सिफारिसहरु पनि निशुल्क गर्ने घोषणा गरेका छन् । नागरिकले सिफारिसका कारण अन्य निकायबाट लिने सेवामा अबरोध नहोस् भन्ने उद्देश्यले यस्तो व्यववस्था गरिने उनले जानकारी दिए ।
आउँदा बैशाख ३० गते हुने निर्वाचनमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा मिलेर गठबन्धन निर्माण गरेका छन् । गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीको तर्फबाट धनराज आचार्य मेयर र नेपाली काँग्रेसको तर्फबाट कोपिला रानाभाट उपमेयरको उम्मेदवारी लिएर चुनावी मैदानमा छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १२ पोखरामा बाढी पीडितको शव व्यवस्थापन गर्न सकस भएको…





