बैशाख १९, पोखरा ।
गठबन्धनबाट पोखरा महानगरपालिकाको उपमेयर पदकी उम्मेदवार नेपाली काँग्रेसकी नेतृ कोपिला रानाभाटले एमालेका कारण पोखराको ग्रामिण क्षेत्र पछाडी परेको बताएकी छन् । उनले विकासको लहर ल्याउन गठबन्धनलाई जिताउन समेत आग्रह गरेकी छिन् । हिजोको सरकारले वडामा केन्द्रित गरेर ल्याएका कुनै पनि कार्यक्रम प्रभावकारी नभएको बताउँदै गठबन्धनले नै जनताको आकांक्षा पुरा गर्ने रानाभाटले बताइन् ।
उनले आफुलाई कुनै लोभ र लालच नभएको र अब महानगरबासीको सपना पूरा गर्ने प्रतिबद्धताका साथ आफु चुनावी मैदानमा होमिएको उनले बताइन् । जनताको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्न गठबन्धनको विकल्प नभएको तर्क उनको थियो ।
सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्य स्वरुप आफु प्रतिस्पर्धामा रहेको बताइन् । विकासका सबै काम शहरकेन्द्रित हुँदा महानगरले नै छोएको ग्रामीण भेग पछाडी परेको रानाभाटले उल्लेख गरिन् । शिक्षा, स्वास्थ्य, खेलकुदको क्षेत्रमा उल्लेखनिय प्रगति गर्न गठबन्धनलाई मतदान गरी जिताउन उनको आग्रह छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







