पोखरा । पोखरा १८ मा जनयुद्धका पुर्व लडाकु दिपेन्द्र तिमिल्सिना सहित १० जना माओवादी केन्द्रमा प्रवेश गरेको छन् ।
प्रवेश गदै तिमिल्सिनाले देशमा माओवादीको आवस्यकता रहेको बताए । तिमिल्सिनाले जनयुद्धका पुर्व लडाकु फेरीमा माओवादीमा आएमा मात्र देशले विकासको मुहार फेर्ने धारणा राखे ।
६० साल देखी जनयुद्धमा होमिएका तिमिल्सिना शान्ती पछिल्लो समयमा स्वतन्त्र भएर बसेका थिए ।
एमाले क्रियाशिल सदस्य इन्द्र अधिकारी, काँग्रसेका क्रियाशिल अधिबक्ता श्रीकृष्ण अधिकारी, लक्ष्मी भण्डारी लगायत १० जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।
पोखरा १८ मा माओवादी केन्द्रबाट वडा अध्यक्षका उम्मेदवार राजु शर्मा तिमिल्सिनाले रगतले सम्बिधान लेखेको जानकारी दिए । माओवादी केन्द्रलाई मौका दिए सराङकोट बिकासको मुहार फेर्ने उनले बताए । पार्टी भन्दा व्यक्तिलाई हेरेर भोट हाल्नुपर्ने उनको धारणा छ ।
‘सबै उम्मेदवारलाई तराजुमा राख्नु,‘उनले भने,‘ जता इमान्दारीता कोल्टीन्छ उतै भोट हाल्नुस ।’
केपी ओलीले संविधान, गणतन्त्र, राष्ट्रपतिलाई मजाक बनाएको कारण ओलीको बिरुद्धको आन्दोलनका लागि गठबन्धन चाहिएको बताए ।
तिमिल्सिनाले संविधानको रक्षाको लागि माओवादीलाइ भोट हाल्नु अनुरोध गरे ।
निर्वाचन परिचालन कमिटी संयोजक टिकाराम तिमिल्सिना माओवादीले नेतृत्व गरेको काम र संस्था निश्पक्ष र सफा रहेको कारण जनताले माओवादीलाई अवसर दिनुपर्ने बताए ।
महिला वडा सदस्य उम्मेदवार दुर्गा अधिकारी पिछडिएको महिलाको हितको लागि काम गर्ने बताइन । महिलाको हक दिलाउने पार्टी माओवादी रहेको भन्दै निर्वाचित भएपछी महिलाको पिडामा मलम लगाउने बाचा गरिन ।
एकिकृत सामादी कास्की जिल्ला सदस्य राजेन्द्र अधिकारीले केपी ओलीले संविधान सक्न लागेको बताए । परिवर्तनका बह्याक माओवादी केन्द्र नै रहेको बताए । कम्युनिस्ट भएर पनि एमालेमा कम्युनिस्टको भावना नभएको बताए । कम्युनिस्ट आन्दोलन बचाउन सबैको बराबर दायित्व रहेको कारण माओवादीलाई टोलीलाइ भोट दिनु भएको बताए ।
अध्यक्ष पुर्णखर तिमिल्सिनाले माओवादीको जित निश्चीत रहेको बताए ।
सोमबार प्रचार प्रसारको कार्याक्रम सेदीबाट सुरु भएर फ्याउरे खपौदी, माछापोखरी, भकुण्डे, तल्लो चङ्खपुरमा पुगेर समापन भएको थियो ।
मंगलबार सुन्दर पोखरी, तोरीपानी, मुलाबारी, नयाँगाउँ अर्माजा लगायतका ठाउँमा कार्याक्रम हुदै छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा एक अमेरिकी नागरिकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१८ सेदीमा आज…





