पोखरा–२८ मा काँग्रेसको घरदैलो कार्यक्रम


     एभरेस्ट आवाज    
     वैशाख २० गते २०७९ मा प्रकाशित




पोखरा–२८ मा नेपाली काँग्रेसका उम्मेदवारहरुले घरदैलो गरेका छन्।

वडाको भुर्तेल गाउँ, स्याङ्खुदी, बास्तोला गाँउ, कर्णेल गाँउमा घरदैलो गरेको हो।

वडाभित्र बाटो, ढल नाला लगायत कृषि उत्पादनको बजारीकरण गर्न मुख्य समस्या रहेको उम्मेदवारसमक्ष वडावासीको गुनासो थियो।

कार्यक्रममा पोखरा २८ का वडाध्यक्ष पदका उम्मेदवार श्रीकृष्ण लामिछानेले सचेत मतदाताले काँग्रेस लगायत गठबन्दनका उमेदवारलाई जिताउनुपर्ने बताए। लामिछानेले टोलको समस्या आफू विजयी भए प्राथमिकतामा राखेर आफूले काम गर्ने वताए।

सदस्य पदका उम्मेदवारहरु डाल्डादेवी भुजेल, ईन्द्रकला बिड्डक, कमल थापा र नारायण बजगाईले आ–आफ्नो प्रतिवद्धता जाहेर गरे।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।