पोखरामा बसेर योजना बनाउनेले मादी बिगारे : देवीजंग गुरुङ


     एभरेस्ट आवाज    
     वैशाख २० गते २०७९ मा प्रकाशित




मादी । बाहिरबाट आउछन् । के गर्न आएका हुन् । डोजर चलाउछन्, हामी यहाँ बस्नेलाई थाहै छैन, मादी ७ थाकका बुद्धिबहादुर गुरुङले आक्रोश पोखे । जनतालाई थाहै नदिइ योजना थालेकोमा उनको आक्रोश थियो ।

चुनावी घरदैलो गर्दै आफ्नो गाउँ घर पुगेका गठबन्धनका उम्मेदवारसँग थियो यो आक्रोश । गाउँमै बस्ने नागरिक छोडेर बाहिर बस्ने नागरिकलाई उपभोक्ता समिति बनाएर योजना ल्याइएको भन्दै उनले आक्रोश पोखे ।

गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसबाट मादी गाउँपालिका अध्यक्ष पदका लागि उम्मेदवार बनेका देवी जंग गुरुङले पोखरा बसेर योजना बनाउने जनप्रतिनिधिले गर्दा यस्तो अवस्था आएको बताए । त्यसैको विरोधका लागि आफ्नो उम्मेदवारी आएको उनले सुनाए । त्यसैको विरुद्धमा लहाम्रो उम्मेदवारी हो । हामीले जिते मादीले जित्छ । हामी तपाईंहरुलाई सोधेर मात्रै योजना बनाउँछौ, उनले भने ।

उपाध्यक्ष पदका उम्मेदवार माओवादी केन्द्रका लाल बहादुर गुरुङले मादीबासिको पीडा समेट्न गठबन्धनलाई जितान आग्रह गरे । विवेक प्रयोग गरेर भोट हाल्न उनले अनुरोध गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।