पोखरामा गठबन्धनको उद्घोष : परनिर्भरता तोड्न एक समूह, एक उत्पादन


     एभरेस्ट आवाज    
     वैशाख २० गते २०७९ मा प्रकाशित




पोखरा, २० वैशाख
परम्परागत कृषि प्रणाली हराउँदै छ, व्यवसायिक कृषि बढेको छैन । ठूला उद्योग, व्यवसाय खासै थपिएका छैनन् । विस्तारै हाम्रो परिनिर्भरताको ग्राफ उकालिँदै छ ।
यस्तो अवस्थालाई चिर्न पोखरा महानगरमा सत्ता गठबन्धनका उम्मेदवारले अनेक योजनाअघि सारेका छन् । आमा समूहलाई १ समूह, १ उत्पादन कार्यक्रममा समेट्ने योजना छ । गठबन्धनमा एकीकृत समाजवादीबाट मेयर उम्मेदवार बनेका धनराज आचार्यले यस्ता समूहलाई कुनै उद्योग खोल्न महानगरले २० प्रतिशत अनुदान दिने नीति लिइने उल्लेख गरे । आचार्यले गठबन्धनले जित हासिल गरे बाँकी ८० प्रतिशत लगानीका लागि महानगर बैंक ग्यारेन्टी ऋणको व्यवस्था गरिने जनाए ।
गठबन्धनमा कांग्रेसको तर्फबाट उपमेयर उम्मद्वार कोपिला रानाभाटले टोल टोलका आमा समूहहरु उत्पादनमा जोडिए चाडै पोखरा आत्मनिर्भर बन्ने बताइन् । उनले पोखरेलीलाई आत्मनिर्भर बनाउँदै आयआर्जनमा समेत सघाउने उल्लेख गरिन् ।
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी गठबन्धनका उम्मद्वारहरु घरदैलोमा छन् । पोखरालाई अन्तर्राष्ट्रिय स्तरको महानगर बनाउन सोही अनुरुपमा संरचना र विकासको खाँकासहित गठबन्धनका उम्मेदवारले मत मागिरहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।