पोखरा, बैशाख २०
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कास्की ईञ्चार्ज राजकाजी गुरुङ (करण)ले जनताको अवस्था बदल्न माओवादीको विकल्प नभएको बताएका छन् । नेकपा माओवादी केन्द्रको पोखरा महानगरपालिका वडा नम्बर १ मा मंगलबार आयोजित घरदैलो कार्यक्रममा बोल्दै उनले भने,‘ब्यबस्थापनि माओवादीका कारण बदल्यौं, अब जनताको अवस्था बदल्नपनि माओवादीलाई नै भोट दिऔं ।’ माओवादीको जनयुद्धका कारण ब्यबस्था बदलिएको र अब अवस्था बदल्नपनि माओवादीलाई नै भोट दिनुपर्ने उनको भनाई थियो ।
माओवादी नेता करणले माओवादी विकास र समृद्धिको बाहक भएको बताए । ‘अरुले पटकपटक अवसर पाएपनि न विकास गरे नत समृद्धि ल्याउन सके, अब विकास र समृद्धिका लागिपनि माओवादीलाई भोट दिनूस्’–उनले भने । उनले एमालेलाई भोट दिनु भनेको नेपाललाई थप पछाडि धकेल्नु भएकोपनि आरोप लगाए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पाेखरा, १२ साउन । नेपाल रेडक्रस सोसाइटी कास्कीले ६१ औँ रक्तसञ्चार सेवा…





