पोखरा-१ का वडाध्यक्षका माओवादी उम्मेदवार अधिकारी भन्छन् : स्मार्ट वडा हाम्रो प्रतिबद्धता


     एभरेस्ट आवाज    
     वैशाख २० गते २०७९ मा प्रकाशित




नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र))बाट पोखरा महागनरपालिका–१ का वडाध्यक्षका उम्मेदवार भानुभक्त अधिकारीले वडावासीलाई स्थानीय सरकारले अनुभुति गराउने बताएका छन् । चुनावी घरदैलोका क्रममा उहाँले विजयी भएपछि वडाको सेवालाई जनमैत्री बनाइने प्रतिवद्धता जनाउँदै मत मागे ।
वडालाई स्मार्ट वार्डको रुपमा विकास गर्न र समृद्ध वडा बनाउने अभियानमा माओवादी (केन्द्र)को विकल्प नरहेकामा जोड दिए । ‘स्मार्ट वडा बनाउने हाम्रो प्रतिबद्धता छ’–उनले भने । वडा न.१ मा विकासको काम बाटो, खानेपानी, सिंचाई, आवास, शिक्षा ,भौतिक पूर्वाधार वातावरण मैत्री पुर्वाधार ,स्वास्थ्य क्षेत्र साथै उत्पादनमुखि क्षेत्रमा परिणाममुखी काम गर्नको लागि प्रतिवद्धता जनाउँदै उनले गोलाकार धेराभित्र रहेको हसियाँ हतौडा चिन्हमा मतदान गरी आफ्नो टिमलाई विजयी गराउन आग्रह गरे । माओवादी केन्द्रले सो वडामा अध्यक्षमा अधिकारी र महिला सदस्यमा मीना कोइराल, दलित महिला सदस्य कल्पना दमाईं, खुला सदस्य रुद्रप्रसाद लुइटेल र धनबहादुर तामाङलाई उम्मेदवार बनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।