पोखरा,२० वैशाख ।
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा स्थानीय तह निर्वाचन लक्षित गतिविधि तीव्र बनाएको छ ।
माओवादी केन्द्रबाट गाउँपालिका उपाध्यक्षका उम्मेदवार प्रविना अधिकारी नेतृत्वको टोलीले मंगलबार वडा नं १ का रुम्जा, कपुचे, करुवा, धिप्राङ लगायतका स्थानमा घरदैलो सहित मत मागेका थिए ।
माओवादी केन्द्रले माछापुुच्छ्रेमा उपाध्यक्ष सहित अधिकाँस वडामा एकल उम्मेदवारी दिएको छ भने केही वडामा गठबन्धनमा सहभागी छ ।
घरदैलोपछिको कोणसभालाई सम्वोधन गर्दै गाउँपालिका उपाध्यक्षका प्रत्याशी अधिकारीले माओवादीले नेतृत्व गरेको अवस्थामा गाउँपालिकामा सेवा लिन जाँदा सेवाग्राही अपमानित हुनु नपर्ने बताइन् । उनले भनिन्,“ निर्वाचित जनप्रतिनिधिले जनतालाई सहज सेवा प्रवाह नगर्ने र कतिपय अवस्थामा अपमानित समेत हुनुपरेको गुनासा बढी छन् । हामीले जनतालाई सम्मानपूर्वक सेवा दिने छौँ ।”
उपाध्यक्षका प्रत्याशी अधिकारीले सबै वडामा समानुपातिक बजेट विनियोजन गरिने र दलित, महिला र युवाका लागि विशेष योजना ल्याउने योजना रहेको जानकारी दिए ।
कार्यक्रममा पार्टीका गण्डकी प्रदेश कमिटी सदस्य आसमान रोकाले परिर्वतनको संवाहक माओवादी केन्द्रको नेतृत्व स्थानीय तहमा स्थापित हुँदा मात्र जनताका अपेक्षा पूरा हुने बताए । उनले माओवादीको बलिदानीपूर्ण संघर्षका उपज स्थानीय तहको स्थापना रहेको उल्लेख गरे । कार्यक्रममा गाउँ कमिटीका उपाध्यक्ष गोपाल पोखरेलले माछापुच्छ्रेको समृद्धि र विकासका लागि माओवादी उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पाेखरा, १२ साउन । नेपाल रेडक्रस सोसाइटी कास्कीले ६१ औँ रक्तसञ्चार सेवा…





