जनताका समस्या बुझ्दै घरदैलोमा पुगे पोखरा २९ का एमाले उमेद्वार


     एभरेस्ट आवाज    
     वैशाख २० गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिका वडा नं २९ को तर्फबाट नेकपा एमालेका उमेद्वारले आम मतदातासंग भोट माग्न नयाँ शैलै अपनाएका छन् ।

एमालेका उमेद्वारले आफ्ना कार्यकर्ता तथा शुभचिन्तकलाई अगाडि राखेर आम नागरिकको समस्या टिपोट गर्दै प्रचारप्रसारको नयाँ शैली अपनाएका हुन् । वडावासीले भोग्नुपरिरहेको विभिन्न समस्या टिपोट गर्दै उनीहरु घरैदेलोमा पुगेका थिए ।

गत वर्ष पनि आफनो पाटीले विजय प्राप्त गरेपछि गरेका विकास निर्माणका अधुरा कामलाई पुरा गर्ने प्रतिवद्धता उनीहरुले गरेका थिए । साथै टोल टोलमा देखिएका समस्यालाई जनस्तरबाट बुझ्ने र निर्वाचन पछि ती समस्यालाई पुर्ण गर्ने प्रतिवद्धता व्यक्त गर्दै घरदैलोमा उमेद्वार पुगेका हुुन् ।

शालीन शैलीमा हातमा डायरी र कलम लिएर पुगेका अध्यक्ष पदका उमेद्वार श्रीप्रसाद गुरुङलाई स्थानीयवासीले सकुम्वासी समस्या, बाटो र सार्वजनिक ठाउँमा पार्क तथा खेलकुद मैदानका आवश्यकताका बारेमा सुझाव पेश गरेका थिए ।

विशेष गरेर बिहान र बेलुकापखको समयमा मतदाताको घरमा पुगेका उमेद्वारले जनताका समस्यका आधारमा बिकास निर्माणका योजनाहरु तह गर्ने आश्वासन दिएका थिए भने देश व्यापी नै एमालेको पक्षमा आएको जनलहरलाई आफूहरुले साथ दिने आम वडावासीको सुझाव रहेको नेकपा एमाले वडा पार्टी कमिटीका अध्यक्ष प्रमोद भण्डारीले जानकारी दिएका छन् ।

त्यस्तै युवा नेता विष्णु पुनले निर्वाचन नजिकिंदै जाँदा एमालेलाई आम मतादाताबाट धेरै नै सकारात्मक प्रतिक्रिया र साथ आइरहेको बताएका छन् । नेता पुनका अनुसार मंगलबार पार्टीका आफ्ना उमेद्वारले नयाँबस्ती तथा पटनेरी क्षेत्रमा घरदैलो कार्यक्रम आयोजना गरेको छ ।

गत २०७४ सालको स्थानीय निर्वाचनमा एमालेले विजय प्राप्त गरेको वडा नं २९ मा यस पटक वडाअध्यक्षमा श्रीप्रसाद गुरुङ, महिला सदस्यमा निर्मला पौडेल, दलित महिला सदस्यमा सुकमाया सुनार तथा सदस्यमा कालिदास पोखरेल र क्षेत्र बहादुर गरुङ छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।