पोखरा । सत्तारुढ पाँच दलीय गठबन्धनले पोखरा महानगरपालिका वडा नं ६ मा चुनावी प्रचार अभियान तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको छ । गठबन्धनका उम्मेदवारहरुले सुरु गरेको निर्वाचन अभियानमा आमा समूह, युवा क्लब, टोल विकास संस्था लगायतबाट स्वतस्र्फत रुपमा जनसहभागिता बढिरहेको ।
नताको समर्थन बढ्दै जाँदा उम्मेदवारहरु उत्साहित बनेका छन् । वडाध्यक्षका उम्मेदवार जगतबहादुर पहारीले चुनावी अभियानमा देखिएको उत्साह र सहभागिताले विजयीको नजिक पुगेको अनुभुति भएको बताए । पहारीले पर्यटकीय क्षेत्र बैदामको थप विकासका लागि महानगरको प्रमुख, उपप्रमुख र वडामा समै टिम विजयी हुनुपर्ने आवश्यकता औँल्याए ।
उनले वडामा बाँकी रहेका अधुरा योजनालाई पूर्णता र बैदामलाई देशकै पर्यटनको केन्द्र बनाउने अभियानमा साथ दिन वडावासी समक्ष आग्रह गरे । उम्मेदवारहरु विभिन्न सांस्कृतिक कार्यक्रम सहित घरदैलोमा सहभागी हुँदा स्थानीयवासीले फूलमाला र टीका लगाएर भव्य स्वागत गरेका छन् ।
डिहीकोपाटन, नहरमार्ग, खहरे, बंगलादीका टोल र भित्री सडकहरुमा समेत बुधबार उम्मेदवारहरुले विहान सबेरैदेखी घरदैलो गरेका छन् । सो वडामा नेपाली काग्रेसको तर्फबाट निर्वतमान वडा अध्यक्ष जगतबहादुर पहारी वडाध्यक्षको उम्मेदवार छन् ।
यसैगरी खुलासदस्यमा नेकपा माओबादीका तर्फबाट कृष्ण प्रसाद आचार्य, खुल्ला सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)का तर्फबाट विकास पहारी र महिला सदस्यमा नेपाली काग्रेसका तर्फबाट पबित्रा थापा र दलित महिला सदस्यका नेपाली काग्रेसको तर्फबाट शोभा जलारी चुनावी मैदानमा छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १२ पोखरामा बाढी पीडितको शव व्यवस्थापन गर्न सकस भएको…





