पोखरा । पोखरा जेसिसको आयोजनामा शनिबार ककस कार्यक्रम गर्न लागिएको छ । पोखरा महानगरपालिकाका उम्मेद्धारहरुसंग परिचय तथा भावी योजनाको विषयमा छलफल गरि विकासका लागि सहकार्य गर्ने उद्धेश्यका लागि ककस कार्यक्रम गर्न लागिएको हो ।
कार्यक्रममा आगामी निर्वाचनको लागि महानगरको मेयर पदमा उम्मेद्धारी दिएका उम्मेद्धारहरुले महानगरवासीसंग स्पष्ट आफ्नो विकासका योजना राख्ने र स्थानिय जनताले पनि आफ्ना गुनासो,समस्या र समाधानका प्रयत्नहरु प्रत्यक्ष रुपमा राख्न पाउने पोखरा जेसिसका निवर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक किरण केसिले बताएका छन् ।
उनका अनुसार जिल्ला प्रशासन कास्कीसंग पनि उम्मेद्धारहरुलाई ककस कार्यक्रममा सहभागिताका लागि अनुमति दिन आग्रह गरिएको छ । जेसिसले समाज विकास र परिवर्तनका लागि विभिन्न उद्धाहरणिय कार्यहरु गर्दै आएको छ भने सोही क्रममा सम्बन्धित निकायसंग पनि निरन्तर सहकार्य गर्दै आएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज ५ गण्डकी प्रदेश सरकारले पोखराको पद्मनर्सिङ होम प्रालिको स्तरबृद्धिको…






