लेकसाइडमा विष्णु भट्टराईको टोलीलाई जेष्ठ नागरिको आर्शिवाद


     एभरेस्ट आवाज    
     वैशाख २१ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ मा नेकपा एमालेको घरदैलो कार्यक्रम जारी छ । वडाध्यक्षका उम्मेदवार विष्णु भट्टराई सहित सदस्य पदका उम्मेदवाहरु कार्यकर्ताहरु सहित लेकसाइडका विभिन्न स्थानहरुमा घरदैलो गरेका हुन् ।

घरदैलोका क्रममा जेष्ठ नागरिकहरुले उम्मेदवार भट्टराईलाई चुनाव जित्ने आशिर्वाद दिंदै विजयी भएपछि नाम जस्तै काम गर्न आग्रह गरे ।

बुधबार विहान उनीहरु लेकसाइडको मुख्य सडक हल्लनेचोक, सेण्टर प्वाइन्ट, बाराहीघाट तथा भित्रि बाटोहरुमा पनि मतदाताको शुभकामना लिन पुगेका थिए । घरदैलोमा हिंडेका उम्मेदवारहरुसंग विदेशी पर्यटकपनि रमाएका थिए । उनीहरु समेत उम्मेदवारसंग फोटो खिचाउन अगाडी आएका थिए ।

घरदैलो कार्यक्रम पश्चात प्रतिक्रिया दिंदै उम्मेदवार भट्टराईले मतदाताहरुमा देखेको उत्साहले आफुलाई ठूलो हौसला मिलेको बताए । ‘यसपटक युवा तथा जेष्ठ नागरिकहरु पनि हाम्रो साथमा उभिएका छन्, यसले हाम्रो प्यानलको जित सुनिश्चित देखिएको छ’–भट्टराईले भने ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।