स्थानीय निर्वाचन एमालेका लागि महाभारतको लडाईं, जितेरै छाड्छौं – उपमहासचिब गुरुङ


     एभरेस्ट आवाज    
     वैशाख २१ गते २०७९ मा प्रकाशित




पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले स्थानीय चुनाव एमालेका निम्ति महाभारत भएको भन्दै यसमा विजय हासिल गरेरै छाड्ने बताएका छन् । पोखरामा आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महाभारतमा सत्य र न्यायको लागि लडाई भएजस्तै यसपालिको निर्वाचन पनि एमालेका लागि सत्य र न्यायको लागि भएको बताएका हुन ।
“महाभारत युद्धमा कौरव र पाण्डवहरुबीचको लडाई जस्तै अहिलेको स्थानीय निर्वाचनमा एमाले पाण्डवको भूमिकामा छ,” उनले भने– महाभारतको लडाई पाण्डवले जितेजस्तै स्थानीय निर्वाचन एमालेले जित्छ ।”

गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका गुरुङले एमालेका तर्फबाट अगाडि सारिएका उम्मेदवारहरुको अन्य पार्टीका उम्मेदवारसँग तुलना हुन नसक्ने भन्दै योग्यता, क्षमता, अनुभवलगायत विभिन्न क्षेत्रमा योगदान र सक्रियताको हिसाबले पार्टीले सबै हिसाबले क्षमतावान उम्मेदवारलाई अगाडि सारेकोले निर्धक्क भएर मतदान गर्न आग्रह गरे ।

नेपाली नागरिक र सिङ्गो देशको रक्षा गर्ने पार्टी एमाले भएको बताए । “संवृद्ध नेपाल र सुशी नेपालीको सपना हामीले देखेका छौं । त्यो सपनालाई आफ्नो गन्तव्य ठानेर अगाडि बढेको नेकपा एमालेको जित चाही सारा नेपालीको जीत हो ।” उनले भने, “राष्ट्रिय स्वाधिनताको झण्डा उठाएर गुमेको भु(भाग कालापानी, लिपुलेक, लिम्पियाधुरालाई आफ्नो नक्सामा समावेश गरेर यो भाग हाम्रो हो । मिचिएकै हो भन्न सक्ने नेता केपी ओली मात्रै हो ।”

उपमहासचिव गुरुङले अहिले माओवादी हिडिरहेको बाटो गलत भएको जिकिर गरे । कांग्रेस पूजिवादीहरुको पार्टी भएको भन्दै उनले माओवादीले चुनावमा आफ्नो एजेण्डा न लिएर पूजिवादी पार्टिकोको एजेण्डा बोकोर हिड्ने पार्टी कस्तो कम्युनिष्ट हो भनेर प्रश्न गरे । “माओवादीको पहिचान नै छैन अहिले । पहिचान नै गुम्यो । अहिलेको चुनावमा माओवादीको आफ्नो घोषणपत्र छैन । काग्रेसको प्रचार गर्दै हिड्ने माओवादी त्यो कस्तो कम्युनिष्ट हुन्छ रु” उनले भने, ” पूजिवादी पार्टीको घोेषणपत्र वोकेर हिड्ने पार्टी, पूजिवादी पार्टीको झण्डा बोकेर हिड्ने पार्टि अब कम्युनिष्ट रहेन ।”

कार्यक्रमा मेयरका उम्मेदवार कृष्ण थापाले पोखरा ९ को विकासका लागि व्यवस्थित बसोबास , अत्याधुनिक बसपार्क र सडक निर्माण तथा स्तरोन्नत्ति लगायतका समस्या समाधान गर्ने बताए ।
उपमेयर पदका उम्मेदवार मञ्जुदेवी गुरुङले स्थानीय जनताको आवश्यकताको आधारमा विकास, निर्माणका काम गरिने उल्लेख गरिन् ।

त्यस्तै वडा अध्यक्षका उम्मेदवार प्रेम बहादुर गुरुङले वडा न। ९ मा गएको चुनवामा पराजित भए पनि एमालेले वडामा धेरै पुर्वाधार विकासका काम गरेको बताए । उनले पोखरा महानगर र साम्सद कोषबाट एक करोडको बजेटमा सुकुम्बासी बस्तिमा सडक बनाउन सफल भएको बताए । उनले भने, “एक पटक एमालेलाइ भोट हालेर हामीलार्इ विजयी बनाउनुहोस । हामी सुखी वडा, समृद्धि पोखरा बनाउन चाहन्छौ ।” उनले सुकुम्बासी बस्तीमा लालपुर्जा बितरण गर्ने र व्यवस्थित बसपार्क बनाउने प्रतिबद्दता ब्यक्त गरे ।

निर्वाचन परिचालन कमिटी वडा न ९ का संयोजक प्रकाश शर्माले सुकुम्बासी बस्तीका नागरिकलाई लालपुर्जा बितरण गर्न नेकपा एमालेले पहल गर्ने बताए । उनले वडा नं ९ को विकासकालागि सुर्य चिन्हमा मतदान गरी एमालेका सबै उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन मतदातासँग आग्रह गरे ।

यसैबीच एमाले ९ ले चुनावी अभियान तथा घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । मगंलबार एमालेको तर्फबाट मेयर, उपमेयर सहित वडा न। ९ का सम्पुर्ण उम्मेदवारहरु र पार्टी नेता, कार्यकर्ताले सयुक्त घरदैले कार्यक्रम गरेका छन । घरदैलो कार्यक्रम अन्तरगत आज नयाँ बजार, महेन्द्रपुल , न्युरोड, पृथ्वीचोक, शान्तीवन, वसपार्क लगायतका क्षेत्रमा घरदैलो सम्पन्न गरिएको सचिव जगन्नाथ खनालले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।