एमाले उम्मेदवारलाई जिताउन जिल्ला इञ्चार्ज कार्कीको आग्रह


     एभरेस्ट आवाज    
     वैशाख २२ गते २०७९ मा प्रकाशित




नेकपा एमाले पोखरा–१० को आयोजनामा स्थानीय तहको निर्वाचनलाई लक्षित गरी बृहत मोटरसाइकल ¥याली तथा कोणसभा सम्पन्न गरेको छ।

नेकपा एमाले पोखरा महानगरपालिकाका मेयर र उपमेयर र वडाका उम्मेदवारसहितको उक्त ¥याली पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की जिल्ला कमिटिका इञ्चार्ज भीम कार्कीले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई जिताएर नेकपा एमालेले बोकेको समृद्ध नेपाल सुखी नेपालीको सपनालाई साकार गर्नुपर्नेमा जोड दिए।

कार्कीले ‘एमालेले बोकेको समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्न हरेक स्थानीय तहमा एमालेको उममेदवारलाई मत दिन आग्रह गरे। नेकपा एमाले कास्कीले पोखरा महानगरका उम्मेदवारहरुले ल्याएको एजेण्डालाई लागु गर्न सहयोग गर्ने प्रतिवद्धता समेत जनाए।

पोखराको समृद्ध बिकासका लागि एमालेका उम्मेदवारहरुले प्रतिवद्धता जाहेर गरेको कुरालाई लागु गर्दै जनताको सेवामा लाग्न उनको आग्रह थियो। त्यस्तै, पोखरा महानगरपालिका मेयर पदका उमेदवार कृष्णबहादुर थापाले २०४९ सालदेखि अन्य पार्टीले वडा चलाइरहेको पोखरा–१० भित्रको बिकासलाई हेर्न आग्रह गरे। यदि वडाको बिकास गर्ने हो भने महिला नेतृत्वलाई मत दिन मतदातासँग उनको आग्रह थियो।

सो अवसरमा वोल्दै नेकपा एमाले पोखरा १० का अध्यक्षका उमेदवार पवित्रादेवी गुरुङले वडाको बिकासको लागि आफूले २३ वुंदे प्रतिवद्धता पत्र बोकेर मतदाता समक्ष प्रस्तुत भएको वताइन्। वडाको बिकासमा आफू लागि पर्ने प्रतिबद्धता जनाइन्।
नेकपा एमाले वडा कमिटी पोखरा १० का अध्यक्ष सूर्यबहादुर बानियाको अध्यक्षतामा सम्पन्न कोणसभामा कमिटीका उपाध्यक्ष सीता तिमिल्सिनाले स्वागत मन्तब्य र सचिव राजु श्रेष्ठले संचालन गरेका थिए।

कोणसभा पूर्व अमरसिंह चोकबाट शुरु भएको ¥याली हस्पिटलचोक, गीता मन्दिर, भानुमार्ग चोक, बैरागीको घर, नीर पीपलडाली चोक, गौरीमार्ग हुँदै बुद्धचोक, रक्षामार्ग प्यारामाउण्ट स्कुल, शान्तीपथ, उत्तमचोक, दुची टोल, गौरीमार्ग पेन्सन क्याम्प गेट, राम मन्दिर, माछापुच्छ«े टोल कामना टोल, अमरसिंह खत्री पसल, नागीन टोल, कुंडहर चोक, अन्नपूर्ण टोल, मियापाटनबाट कुंडहर सहकारी शिवचोक, हाइवे, अन्नपूर्ण टोल, औधोगिक क्षेत्र अगाडीबाट वेथानी स्कुल सिमलमार्ग विरेन्द्रचोक हुँदै कार्यक्रम स्थल अमरसिंहचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।