गठबन्धनले पोखरालाई साईबर सिटीको रुपमा विकास गर्ने


     एभरेस्ट आवाज    
     वैशाख २२ गते २०७९ मा प्रकाशित




पोखरा, २२ वैशाख ।

पोखरा महानगरपालिकामा ५ दलीय गठबन्धनका साझा उम्मेदवारले सार्वजनिक स्थलहरुमा उच्च व्याण्डवीथ सहितको फ्रि वाइफाइ सञ्चालन गर्ने घोषणा गरेका छन् ।

गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार बनेका धनराज आचार्य र उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले चुनावी घोषणापत्रमा महात्वपूर्ण सार्वजनिक स्थलहरुमा फ्रि वाइफाइ व्यवस्था गर्ने जनाएका हुन् । यस्तै पोखरालाई सूचना प्रविधिसम्बन्धी अध्ययन, अनुसन्धान र व्यावसायिक केन्द्र (साइबर सिटी) का रुपमा विकास गर्ने उनीहरुको योजना छ ।

महानगरभित्र ईन्टरनेट सेवा प्रदायकहरुसँग समन्वय गरि हाईस्पीड ईन्टरनेट सेवा प्रदान गरिने प्रतिवद्धतापत्रमा उल्लेख छ । महानगरको पहलमा विजनेस ईन्क्युवेशन ल्याव खोल्ने योजना छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।