पोखरा । नेकपा एमालेका उमेदवारहरुलाई जिताउन एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ कास्की जिल्ला कमिटिले रचनात्मक सांस्कृतिक कार्यक्रम सहित चुनाव प्रचार अभियानलाई तीब्र पारेकोे छ ।
युवा संघले आफ्नो मातृ पार्टी एमालेबाट कास्कीका स्थानिय तहका उमेदवारहरुलाई विजयी गराउन रचनात्मक सांस्कृतिक कार्यक्रम सहित चुनाव प्रचार अभियानलाई तीब्र पारेकोे हो । गत बैशाख २० गते अन्नपूर्ण गाउपालिका वडा नम्बर १, ३ र ५ बाट शुरु गरेको अभियानसोही दिन पोखरा महानगरपालिका वडा नम्बर ५, ८ र २ मा सम्पन्न भएको थियो ।
त्यसैगरी वैशाख २१ गते पोखरा महानगरपालिका १७, १८, १५, १० र ३ मा सम्पन्न भएको छ । पोखरा १० मा आयोजित कार्यक्रममा सम्बोधन गर्दै युवा राष्ट्रिय युवा संघ कास्कीका अध्यक्ष पान बहादुर जिसीले युवा संघले चुनावलाई लक्षित गरी ६ सय युवाहरु परिचालन गरेको वताए ।
एमालेका कुनैपनि कार्यकर्तालाई अन्य दलका कार्यकर्ता तथा नेताहरु मार्फत अवरोध गर्ने काम गरे आफुहरुले त्यसको प्रतिकार गर्ने समेत जिसीले वताए । तत्कालिन अवस्थामा माओवादीका वाइसिएललाई परास्त गरेको वताउदै अव पनि त्यस्तो हर्कत दोहोरिए आफुहरु चुल लागेर नबस्ने उनको भनाइ रहेको थियो ।
त्यसैगरी युवा संघ नेपालले हरेक बुंथमा २ सय युवा परिचालन गर्ने राष्ट्रिय युवा संघ कास्कीका सचिव नमराज सुवेदीले जानकारी दिए । राष्ट्रिय युवा संघले सो अवसरमा सांस्कृतिक कार्यक्रमहरु समेत गर्दै आइरहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १२ पोखरामा बाढी पीडितको शव व्यवस्थापन गर्न सकस भएको…





