पोखरा महानगरपालिका–११ स्थित काहुँडाडामा आवश्यक पर्यटकीय पूर्वाधार बनाउन स्थानीयले माग गरेका छन् । काहुँवासीले पर्यटनका लागि प्रसिद्ध रहेपनि आवश्यक पूर्वाधार अभाव रहेकामा मत माग्न आउने उम्मेदवार दलका नेताहरुप्रति ध्यानाकर्षण गराए ।
माओवादी केन्द्रबाट आसन्न स्थानीय तह निर्वाचनमा बिहीबार वडाध्यक्षका प्रत्याशी चिन्तामणि खरेल लगायतको टोली समक्ष स्थानीयले पर्यटकीय पूर्वाधार, खानेपानी र सडक निर्माण गर्न माग गरेका हुन् । सो अवसरमा उम्मेदवार खरेलले पर्यटन विकासका लागि आफ्नो तर्फबाट योगदान गर्ने प्रतिवद्धता जनाए ।
काहुँडाडाँमा भएको घरदैलो र कोणसभामा उम्मेदवार चिन्तामणिले आफू निर्वाचित भएपछि काहुँलाई पर्यटकीय गन्तव्यका रुपमा थप विकास गर्न र पूर्वाधार निर्माणका लागि योजना बनाएर अघि बढ्ने प्रतिवद्धता जनाएका हुन् । उनले काहुँमा खानेपानी समस्या समाधान र सडक पूर्वाधार निर्माणमा जोड दिने योजना रहेको सुनाए ।
कार्यक्रममा माओवादी केन्द्रका पोखरा महानगर उपाध्यक्ष हर्कमान विश्वकर्मा, नेताहरु कुमार क्षेत्री, रुद्र विश्वकर्मा, माओवादी वडा कमिटी अध्यक्ष मनोज रसाइली लगायतले विकासका लागि माओवादी उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।
माओवादीले सो वडाको वडाध्यक्षमा चिन्तामणि खरेल र वडासदस्यहरुमा विष्णु आचार्य, सरिता विक, सुनिल लामिछाने र उषा विश्वकर्मालाई उम्मेदवार बनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पाेखरा, १२ साउन । नेपाल रेडक्रस सोसाइटी कास्कीले ६१ औँ रक्तसञ्चार सेवा…





